काठमाडौँ । वायु प्रदुषणका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा रहेको हालै सार्वजनिक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।
विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा हालै सार्वजनिक ‘इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार वायु प्रदुषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा रहेको देखाएको हो ।
प्रतिवेदनमा वायु प्रदुषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । प्रदुषणका हिसाबले छिमेकी मुलुकहरु भारत र बंगलादेश झन् नेपालभन्दा बढी प्रदुषितको सूचीमा परेका छन् ।
प्रतिवेदनले वायु प्रदुषणलाई विश्वमै प्रमुख वातावरणीय स्वास्थ्यको खतराको सूचकका रुपमा व्याख्या गरेको छ । विगतमा गरिएका विभिन्न अध्ययनले पनि नेपाल (काठमाडौं) सहित भारत (नयाँ दिल्ली) र बंगलादेश (ढाका) वायु प्रदुषणका हिसाबले अग्रस्थानमा रहेको देखाउने गरेका थिए । यो अध्ययनले मानव स्वास्थ्यका हिसाबले वायु प्रदुषण मुख्य चुनौती बनेको देखाएको छ ।
१ सय ८० देशमध्ये स्विट्जरल्याण्डमा वायु प्रदुषणको गुणस्तर सबैभन्दा राम्रो रहेको अध्ययनको निष्कर्ष छ । उक्त देश पहिलो स्वच्छ मुलुकको सूचीमा परेको छ ।
अध्ययनले १८० देशमध्ये २४ देशमात्र वातावरणीय स्वास्थ्यरवायु प्रदुषणको मात्राका हिसाबले तोकिएका मापदण्डभित्र समावेश हुन सफल भएको देखाएको छ । वातावरणीय र स्वास्थ्यका १० ‘पार्टिकुलेट्स’ लाई आधार मानेर १ सय ८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरिएको हो ।
दक्षिण एसियाका नेपालसहित भारत र बंगलादेशको वायु प्रदुषणको गुणस्तर सबभन्दा खराब पाइएको छ । वायुको गुणस्तरका हिसाबले नेपालको स्तर ३१.४४ छ भने भारतको नेपालभन्दा कम ३०.५७ र बंगलादेशको २९.५६ छ ।
१८० देशमध्ये बुरुण्डीमा वायु प्रदुषणको गुणस्तर सबभन्दा खराब रहेको पाइएको छ । बुरुन्डी सबभन्दा प्रदुषित मुलुकको सूचीमा परेको छ । उसको स्तर २७।४३ मात्र छ । त्यस्तै, अफ्रिकी मुलुक कंगोको वायु प्रदुषणको गुणस्तर पनि खराबमध्येमा छ । उसको स्तर ३०।४१ मात्र छ ।
फ्रान्स, डेनमार्क, माल्टा र स्वीडेन वायु प्रदुषणको गुणस्तर राम्रो हुने मुलुकमा समावेश छन् । ती देशमा अधिकांश यातायात विद्युतीय छन् भने वातावरणमैत्री यातायात व्यवस्थापन र सडक सञ्जालसमेत छ ।
ती देशमा प्रदुषण रोक्न साइकल प्रवद्र्धन गरिएको छ । नेपाललगायत एसियाली मुलुकहरुमा यातायातका साधन नै प्रदुषणका मुख्य स्रोत हुन् । नेपालमा अधिकांश पुराना सवारी साधन चल्ने र सडकको गुणस्तरसमेत कमजोर भएकाले प्रदुषण बढी हुने गरेको विशेषज्ञहरु बताउँछन् ।
ईपीआईको प्रतिवेदनअनुसार अमेरिका प्रदुषण गुणस्तरका हिसाबले २७ औं स्थानमा छ । सरसफाइ र वायुको गुणस्तरको मात्रा राम्रो भए पनि अमेरिकामा हानिकारक हरितगृह ग्यास उत्सर्जन अत्यधिक भइरहेको उल्लेख छ । वायु प्रदुषणको गुणस्तरका हिसाबले छिमेकी मुलुक चीन १२० औं स्थानमा छ ।
प्रदुषणको गुणस्तर राम्रो भएका पाँच देश
१ स्विट्जरल्याण्ड (८७.४२)
२ फ्रान्स (८३.९५)
३ डेनमार्क (८१.६०)
४ माल्टा (८०.९०)
५ स्विडेन (८०.५१)
खराब पाँच देश
१७६ नेपाल (३१ं.४४)
१७७ भारत (३०.५७)
१७८ डिआर कंगो (३०.४१)
१७९ बंगलादेश (२९.५६)
१८० बुरुन्डी (२७.४३) (कान्तिपुर दैनिक)