• वि.सं.२०७६ साल चैत्र ३० गते । आईतबार । ईश्वी सन् २०२० अप्रिल १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– पंचमी,४२ घडी ५६ पला,बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– ज्येष्ठा,४७ घडी १३ पला,रातको १२ बजेर ३८ मिनेट उप्रान्त मूल । योग– वरियान,५० घडी ५६ पला,रातको ०२ बजेर ०७ मिनेट उप्रान्त परिध । करण– कौलव,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त गर । आनन्दादिमा–काण योग । चन्द्रराशि–बृश्चिक,रातको १२ बजेर ३८ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४५ पला । भक्तपुरमा विश्वध्वज उत्थान। विश्व ज्योतिष महासंघ स्थापना दिवस। चैत्र मसान्त। वि।सं। २०७६ समाप्ति ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    घर परिवारमा आफन्त तथा दिदि बहिनीहरु विच तित्तता देखिन सक्छ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा सम्वन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिधिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट घाटा लाग्नेछ । वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    व्यापार व्यावसायमा घाटा लाग्ने तथा मन्दि आउँने भएपनि औषधिजन्य सामान र खानेकुराको व्यापारमा वृद्धि हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    सामाजिक विषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसायमा बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    मौषमि रोगको प्रकोप देखिने तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । तपाई आफ्नै कमजोरिले बिवाद बढ्ने तथा बिवादमा आफु तल परिनेछ । व्यापारमा लगानि गरेपनि भनेजस्तो आम्दानि गर्नको लागि केहि समय कुर्नुनै पर्नेछ । घरायसि सुख, प्रेम सम्बन्ध, दाम्पत्य जीवनमा केहि असहज परिस्थितिको सामना गर्नुपर्ने हुँन सक्छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    व्यापार व्यावसायमा घाटा लाग्नेछ । विषेश गरी तरल पदार्थ तथा औषधीजन्य व्यावसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडी बढ्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिनेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    काम गर्ने सवालमा बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्दै अगाडि बढ्नु पर्नेछ । सामाजिक काम गर्ने सवालमा कामहरु समयमा सम्पन्न नहुँने हुँनाले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन बढीनै समय दिनु पर्नेछ । आर्थिक अवस्था कमजोर रहनाले ऋण लिएर ब्याबहार चलाउँनु पर्नेछ भने बिना काम झमेलामा फस्ने योग रहेकोछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    आफन्त तथा परिवारजनको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । मित्रताको बन्धन कसिलो हुनेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा तय गर्न सकिने तथा अध्यात्म जस्ता क्षेत्रमा समय व्यातित हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    ज्योतिषी तारानाथ भण्डारी ।

    ०००

    यो पनि

    साप्ताहिक राशिफल : चैत्र ३० गते आईतबारदेखी वैशाख ०६ गते शुक्रबारसम्मको

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    समय राम्रो रहेकोले साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । घरपरिवार तथा आफन्तका साथ घरमै समय व्यातित हुनेछ । घरमै बसेर ध्यान तथा साधना गर्दा शरिर स्वास्थ्य हुनेछ । धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजमा ध्यान जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला । भिडभाडको यात्रा नगर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । पारिवारिक मनोरञ्जनमा समय खर्च हुनेछ । धार्मिक यात्रा हुनेछ । औषधीजन्य तथा खानेकुराको व्यापारमा वृद्धि भएपनि अन्य व्यावसाय खस्केर जाने तथा मन्दि आउँनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । घरमै बसेर ध्यान तथा साधना गर्दा शरिर स्वास्थ्य हुनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ । गोप्यकुराहरु बाहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    साताको सुरु र अन्तको समय मध्ययम रहेकोले श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउँने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने तथा आर्थिक संकटको सामना गर्नु पर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहीर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ । सोमबार र मंगलबारको समय राम्रो रहेकोले दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । घरमै बसेर ध्यान तथा साधना गर्दा शरिर स्वास्थ्य हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    समय उत्तम रहेकोले पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ । घर परिवार तथा आफन्तसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिनेछ । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । सरसफाईमा ध्यान दिदै वाहिरी वातावरणको ध्यान दिनुहोला ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् । घरमै बसेर गरिने अध्ययनले शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । आफन्त तथा मावलीको साथ पाईने हुनाले दैनिकी थप सजह हुनेछ । औषधीजन्य तथा खाद्यन्न सम्वन्धीत व्यावसाय फस्टाएर जाने भएपनिअन्य व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ । समय परिस्थितीको अध्ययन तथा विश्लेषण गरि कामहरु गर्नुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला । भिडभाडको यात्रा नगर्नुहोला । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

    समय मध्ययम रहेकोले सानातिना काममा समय व्यातित हुदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो आउने छैन । साताको अन्त अर्थात बिहीबारबाट समय राम्रो रहेकोले स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । यात्रा स्थगित गर्नु नै राम्रो हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग रहनेछ । साताको अन्त अर्थात बिहीबारबाट आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा घाटा लाग्ने तथा आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । यात्रा स्थगित गर्नु नै राम्रो हुनेछ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आफन्त तथा कुटुम्व सँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । घर परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाव बढ्ने तथा महत्वपुर्ण कामहरु समयमा नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगती भएर जानेछ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ । औषधीजन्य तथा खाद्यन्न सम्वन्धीत व्यावसाय फस्टाएर जाने भएपनि अन्य व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । यात्रा स्थगित गर्नु नै राम्रो हुनेछ । नीति नियमको पालन गर्दा ध्यान दिनुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । घर परिवारका साथ मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । तरपनि सरसफाईमा बिशेष ध्यान दिनुहोला । यात्रा नगर्नुहोला । नीति नियमको पालन गर्दा ध्यान दिनुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतीको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्नुहोला आगामि दिनमा आम्दानी बढाउँन सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले मायाप्रेम तथा पतीपत्नी विच केहि विषयमा मनमुटाव बढ्नेछ । धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा घाटा हुनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । तरपनि भिडभाडमा यात्रा नगर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला । ध्यान तथा साधना गरि समय व्यातित हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    साताको सुरु र अन्तको समय मध्ययम रहेकोले आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा घाटा लाग्नेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । सोमबार,मंगलबार तथा शुक्रबरा र शनिबारको समय राम्रो रहेकोल राजनीतिमा समय लगानी गर्र्नेहरुले पद पाउँने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । प्रणय सम्वन्ध थप बलियो बन्नेछ । तरपनि स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा विशेष ध्यान दिनुहोला । वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    औषधीजन्य तथा खाद्यन्नसँग सम्वन्धीत व्यावसाय फस्टाएर जाने भएपनि अन्य व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि दिन व्यातित गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । भौतिक तथा विलाशी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । यात्रा स्थगित गर्नु नै राम्रो हुनेछ । नीति नियमको पालन गर्दा ध्यान दिनुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ ।

    तपाईको दिन शुभ रहोस ।

    ज्योतिषी तारानाथ भण्डारी ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…