• एजेन्सी, २९ चैत । आफ्नो बच्चाका लागि एउटी आमाले कति सम्मको त्याग गर्छिन् भन्ने उदाहरण एक महिलाले पस्किएकी छिन् । भारतको तमिलनाडुकी एक महिलाले आफ्नो बालबच्चको भोको पेट देख्न नसकेर आफ्नो कपाल मुण्डन गरी १ सय ५० रुपैयाँमा बेचेकी छिन् ।

    विधवा ती महिलाले आफ्ना बालबच्चको पेट भर्नका लागि कपाल मुण्डन गरी बेचेको पैसाले भोकाएका बालबच्चालाई खाना खुवाएकी हुन् । उनले दैनिक समस्यासँग गुज्रिनुभन्दा प्राण त्याग्ने मनसाय पनि नबनाएकी होइनन्, तर बालबच्चाको मायाले यसो गर्न सकिनन् ।

    तमिलनाडुको समेममा बस्दै आएकी ३१ वर्षीया प्रेमा नाम गरेकी ती महिलाका तीन सन्तान छन् । एउटा पाँच वर्ष, अरु ३ र २ वर्षका छन् । उनका पतिको भने सात महिना पहिले मृ’त्यु भएको थियो । ऋणको बोझ उठाउन नसकेपछि उनका पतिले आ’त्म’ह’त्या गरेका थिए ।

    उनले बालबच्चाको पेट पाल्नका लागि छिमेकीहरुसँग ऋण पनि खोजेकी थिइन् । तर, कसैले ऋण नदिए पछि अन्नतः आफ्नै कपाल बेच्न बाध्य भएको जनाइएको छ ।

    एक दिन त कपाल बेचरे बच्चालाई खाना खुवाइन तर भोलि फेरि के गर्ने भन्ने पिरलोले उनले आ’त्म’ह’त्या गर्ने निधो गरेकी थिइन । जसका लागि उनी वि’ष किन्न पसलमा समेत पुगिन तर, पसलेले शंका लागेपछि उनलाई बिष दिएनन् ।

    खबर बाहिरिएपछि एक ग्राफिक डिजाइनरले उनको मद्दतका लागि सार्वजनिक अपिल गरेका थिए । जसबाट १ लाख ४५ हजार फण्ड जम्मा भएको थियो । उक्त रकम ती महिलाई प्रदान गरिएको छ । यसका साथै सलेम जिल्ला प्रशासनले समेत विधवा भत्ता पनि ती महिलाई प्रदान गरेको जनाइएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …