लण्डन, ३० चैत । कोरोना भाइरसका कारण बेलायतमा फेरि अर्का पूर्वगोरखा सैनिकको मृ’त्यु भएको छ ।
स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा शनिबार ग्रेट वेष्टर्न अस्पतालमा मृ’त्यु भएको थियो ।
मृ’तक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसँग बेलायतमा बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको र उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।