धनकुटा । नोबेल कोरोना भाइरस (कोभिड१९) का कारण मुलुकनै लकडाउनमा रहेको छ ।
लकडाउनका कारण उपभोक्ताहरुलाई सेवा पुर्याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा र हिले बजार क्षेत्रमा घर घरमानै ताजा तकारी, दुध र खाना पकाउने ग्यास विक्रि वितरण गर्न शुरु गरिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
कोराना भाइरसबाट बच्नका लागी सरकारले लगाएको लकडाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद गर्न जान समस्या भएकोले धनकुटा उद्योग बाणिज्य संघले व्यपारीहरुसंग समन्वय गरी स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा गाडीबाट बजार घुमाउदै घर घरमानै लगेर विक्रि वितरण गर्ने व्यवस्था गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।
धनकुटाको हिले बजारमा हिले प्रहरी चौकीको सहयोगमा व्यावसायीहरुले बजार घुमाउदै उपभोक्ताहरुको घर अगाडी सम्म अत्यावाश्यक वस्तु तथा समाग्रीहरु गाडीबाट लगी विक्रि वितरण गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर तामाङ्गले बताए ।