• पुष्कर खड्का
    रामेछाप – रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्साको भिरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ।

     

    जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्सा भन्ने ठाउँमा ४८ बर्षिय ज्ञान बहादुर सुुुुुनुवारको लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय धोबिडाडाले जनाएको छ । ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका-४ स्थायी घर भएका सुनुवार रामेछाप जिल्ला, लिखु तामाकोशी गाउँपालिका -१ दुरगाँऊको पुन्दि भन्ने ठाउँमा १५ बर्ष देखी बसोवास गर्दै आएका थिए ।

     

    चैत २६ गते घरबाट सामान किन्न भनी धोवीहाट हिँडेका सुनुवार घर नफर्केपछी २७ गते देखि खोजी गर्न थालिएको र ४ दिनपछी चैत २८ गते लिखु तामाकोशी गाउँपालिका भुर्साको पाखामा मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय धोबिका प्रहरी नायब उपरीक्षक मदन थापाले लिखु अनलाइनलाई जानकारी दिनु भयो ।

     

    बाटोबाट करिब ५०० सय मिटर तल उनको शव फेला परेको थापाको भनाइ छ।मृतक सुनुवारको शवलाई स्थानिय र प्रहरी मिलेर उद्दार गरेका थिए । मृतक सुनुवारको शव पोष्टमार्टम गर्न जिल्ला सदरमुकाम मन्थली लगिएको छ । सव पोष्टमार्टम पछि उनका परिवारलाई बुझाउने प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…