बेलवारी संवाददाता
द रिभर फाउण्डेसन द्धारा आफ्नो सामाजीक उत्तरदायित्व अन्तर्गत बेलवारी नगरपालीकाको विपद व्यवस्थापन कोषलाई १ लाख १ हजार १ सय ५५ रुपैया सहयोग गरेको छ ।
संक्रमणको रुपमा फैलीरहेको कोरोना भाईरसको नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यले उक्त रकम सहयोग गरेको फाउन्डेसनका अध्यक्ष रघुनाथ पुरीले बताए । सनिवार रघुनाथका दाजु ज्ञानेन्द्र पुरीले बेलवारी नगरपालीका प्रमुख ज्ञानेन्द्र सुवेदिलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । यस फाउन्डेसनले देशमा आपत विपत पर्दा सधै सहयोग गर्दै आईरहेको र सामाजीक उत्तरदायित्व बहन गर्न सधै तयार रहेको र बेलवारी नगरपालीकालाई विपद व्यवस्थापनमा सधै सहयोग गर्ने प्रतिवद्धता रहेको समेत पुरीले बताए ।