काठमाडौं : बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार रातिको खेलमा घरेलु मैदानमा भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
बार्सिलोनो पहिलो लेगमा १–० ले पराजित भएको थियो । बिहीबार रातिको खेलमा घेरेलु मैदानको फाइदा उठाउँदै
बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेको हो ।
बिहीबार रातिको खेलमा बार्सिलोनाको जितका लागि दुवै गोल पहिलो हाफमा भए । नवौँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै सुरुवाति अग्रता दिलाए । २५ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । दोस्रो हाफमा केही अवसर पाएको भए पनि बार्सिलोनाले थप गोल गर्न सकेन । जितका लागि उसलाई पहिलो हाफ नै काफी थियो ।