• गौरादह / हामी सामान्य युवा नेपालिहरु आफ्नो देशको वास्तविक धरातल पढ्दैनौ,बुझ्दैनौ,सुन्दैनौ,श्रम गर्दैनौ,उत्पादनमा आफुलाइ जोड्दैनौ,सयौ रुपैया क्यारेम खेल्नमा बिताउछौ,पचासौ रुपैयाको भोला र गुट्खा चपाउछौ,तास ,लुडो र चिया गफमा दिन बिताउछौ ,हलो कोदालो, खेतिपातिमा पस्दैनौ,,पशुपालनमा गोब्बर गनाउछ,घाँस काट्दा हात बिग्रन्छन,सयौ रुपैयाको रिचार्ज कार्ड किनेर डाटा चलाउछौ,स्मार्ट फोन गोजिमा हुनै पर्छ सकेसम्म नया आएसङ्गै फेरिन्छ पनि अनि आफुलाइ बेरोजगार भन्छौ र आज राहतको लागि नाम लेखाउछौ।

     

    अनि अलिक सचेत भन्ने पढेलेखेका र सामान्य रोजगारी गर्ने म जस्तै अधिकाम्सहरु दलिय स्वार्थबाट माथी उठ्नु भन्दा अझ अझ रसातलमा भासिदै जादैछौ।हामी आधाजतिलाइ भारतका जुनसुकै कुरा सुन्दा हर्ष लाग्छ आधाजति रोष प्रकट गर्छौ,चिनको सफलतार बिफलतामा आधाले तारिफ गर्छौ र आधाले आरिस गर्छौ,अमेरिकाको दुखसुखमा आधाले खुचिङ्ग आधाले कठैवरा भन्छौ,।आधा जति समाजबाद ल्याइ सकेको जिकिर गर्छौ आधाजती पुजीवादको पुजा गर्छौ।हामि अतिवाद र नकारात्मकताबादले जरा गाडेर थलिइसकेका छौ।

     

    उधोगपती र हुनेखानेहरु जसरी भए पनि आम्दानिको अङ्क थप्नमा ब्यस्तछन,एउटा त्यही मजदुर र बिपन्न किसानलाइ मात्रै चाहिएको रहेछ देश । जस्को हातमा उठेका ठेलारुपी अन्नमा पसिनारुपी स्वादिलो तरकारिको झोलले हाम्रो जिवनलाइ रङ्गिन बनाइरहेको छ।तिनिहरुको न सरकार छ, न वाद छ, न सिद्धान्त छ, न चीन छ,न अमेरिका छ,छ त केवल श्रमप्रतिको निष्ठा र समर्पण।भो अब नकुरा गरौ चिनको ,अमेरिकाको,काङ्ग्रेस र कम्युनिस्टको ,लागौ सबैजना आफ्नो आफ्नो ठाउबाट श्रम र उत्पादन गर्न अनि आफ्नै देश बनिहाल्छ नि ,अमेरीका ,चीन,भारत,वा जापान!!सबैको जय होस !नयावर्षले हामिसबैलाइ प्रेरणा प्रदान गरोस शुभकामना !!! (स्तम्भकार: श्री बद्री कार्की नेपाल शिक्षक महासंघ झापाका उपाध्यक्ष हुन )

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…