•  

    वैशाख १, काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भइरहेको छ । नयाँ वर्षको दिन आज केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

    पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माहाशाखाका अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ ।

    यस्तो छ दुई दिनको पूर्वानुमान :-

    बैशाख १ गते (सोमबार)

    दिउँसोः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको पहाडि भू-भागमा आँशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागमा आँशिक बदलि रहने छ ।

    बैशाख २ गते (मंगलबार)

    दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ।

    रातीः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…