• बीबीसी। विगत केही महिनादेखि उत्तर कोरियाका नेता किमजोङ उन कहिले परमाणु परीक्षण त कहिले अमेरिकी राष्ट्रलाई चेतावनी दिएर चर्चामा रहे। तर, २०१८ को सुरुवातमा नाटकीय मोड त्यतिबेला आयो,  जब किम जोङ उनले दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिक खेलमा आफ्नो खेडाली पठाउने प्रस्ताव गरे।

    दक्षिण कोरियासहित पूरै विश्वले उत्तरको यो प्रस्तावको स्वागत गरे। योसँगै कोरियाली प्रायद्वीपमा जारी तनाव कम हुने आशा पलाएको छ।
    उत्तर कोरिया र दक्षिण कोरिया वर्तमान स्वरुपमा आउनुपूर्वको इतिहास एउटै थियो। यी दुई देशबीचको भाषा एउटै छ भने सांस्कृति रुपले पनि यी दुई मुलुक अलग छैनन्।  तै पनि दुई देशबीचको तनाव पूरै विश्वकालागि टाउको दुखाइको विषय भएको छ।  आउस् आज यो विवादको जडसम्म पुगौं।


    जापानको शासन

    प्राचीन कालमा कोरियाली प्रायद्वीपमा कयौं राजनीति मानचित्र परिवर्तन भए। तर सांस्कृति रुपमा यो सधैं एउटै छ।  १४ शताब्दीदेखि १९ औं शताब्दीसम्म यहाँ जोस्योन वंशले शासन गरे। तर, २० औं शताब्दीको सुरुवातमा जापानले नियन्त्रण गर्यो। जेएनयूमा सेन्टर फर कोरियन स्टडीजमा एसोसिएट प्रोफेसर निरजा समाजदार भन्छिन्, योबीचमा कोरियाली नागरिक र संस्कृतिको धेरै दमन भयो।’

    ‘जोस्योन वंशका शासनका क्रममा मानिसहरुलाई राजनीतिक र सामाजिक संघर्ष गर्नुपर्यो। यसक्रममा चीन र जापानमाथि दबाव पनि पथ्र्यो। तर १९१० मा जापानले कोरियामाथि नियन्त्रण कायम गर्यो। र यहाँको संस्कृतिमाथि धेरै दमन गर्यो,’ उनले भनिन्।


    अमेरिका र सोभियत संघको खिचातानी

    निरता समाजदारका अनुसार  जापानको दमनकारी नीति विरुद्ध कोरियाली ज नतामा आफ्नो पहिचानकालागि लड्नुपर्छ भन्ने भावना जाग्यो र आन्दोलन सुरु भयो। यसबीचमा दोस्रो विश्वयुद्धमा १९४५ जब जापानको हार भयो त्यसपछि कोरिया मुक्त भयो। तर, यो स्वतन्त्रता पूर्ण थिएन।  यसक्रममा उत्तर भागमा सोभियत संघको नियन्त्रण थियो भने दक्षिण भागमा अमेरिकाको।

    डिसेम्बर १९४५ मा मस्को कन्फ्रेन्समा सोभियत संघ, चीन र बेलायत पाँच वर्षसम्म कोरियाको प्रशासन संचालन गर्ने र फेरि कोरियालाई पूर्ण रुपमा स्वतन्त्र बनाउने सहमति भयो। तर, कोरियाली जनता तत्काल स्वतन्त्रता चाहन्थे।

    त्यसपछि १९४६–४७ मा अमेरिका र सोभियत संघ मिलेर कोरियाको प्रशासन संचालन गर्ने विषयमा छलफल भयो। तर निष्कर्ष केही पनि निस्किएन। मे १९४६ मा नै ३८ औं समानान्तर रेखाको वारपार जानकालागि  परमिटको व्यवस्था गरिएको थियो। यो रेखाको माथिल्लो भागमा सोभियत संघको नियन्त्रण थियो भने दक्षिण भागमा अमेरिकाको।
    राजनीतिक व्यवस्था

    शीत युद्धको राजनीतिले कोरियालाई विभाजन गर्यो। अमेरिकाको नियन्त्रण भएको दक्षिणी भागमा संयुक्त राष्ट्रसंघको निगरानीमा चुनाव भयो। जसमा सिङम्यान रीको जित भयो ।उनी कम्युनिज्मको विरुद्धमा थिए। उता जोसफ स्टालिनले रुसको नियन्त्रण भएको उत्तरी भागमा किम इल सुङलाई नेता नियुक्त गरे। यस प्रकार दुई महाशक्तिको खिचातानीका कारण एक कोरिया १९४८ मा दुई देशमा परिणत भयो, उत्तर कोरिया र दक्षिण कोरिया।

    उत्तर कोरिया रहेको भाग सोभियत संघको नियन्त्रणमा थियो, त्यही कारण त्यहाँको राजनीतिक व्यवस्था सोभियत  संघकै जस्तो भयो र अमेरिकाको प्रभाव भएको दक्षिण कोरियामा पश्चिमी शासन पद्धति लागू भयो।
    दुई कोरिया यसरी भए दुश्मन



    १९९७ देखि १९९९ सम्म उत्तर कोरियामा भारतीय राजनीतिक भइसकेका जगजीत सिंह सपराका अनुसार उत्तर कोरिया र दक्षिण कोरियालाई साम्यवादी र पूँजीवादी व्यवस्था प्रदर्शनकालागि प्रयोग गरियो।

    ‘शीतयुद्धका क्रममा उत्तर कोरियालाई कम्युनिष्ट व्यवस्थाको सबैभन्दा राम्रो उदाहरणका रुपमा प्रस्तुत गरिन्थ्यो।  र दक्षिण कोरियालाई पूँजीवादी व्यवस्थाको नमुनाका रुपमा प्रस्तुत गरिन्थ्यो। धेरै वर्षसम्म दुई कोरियाको अर्थ व्यवस्था एउटै रफ्तारमा चल्यो,’ उनले भने।
    यो त्यस्तो समय थियो, जतिबेला साम्यवादको विस्तार भइरहेको थियो। १९४९ मा चीनमा पनि कम्युनिष्ट सत्तामा आइकेका थिए। यसबीच १९५० मा उत्तर कोरियाली नेता किम इल सुङले दक्षिण कोरियामाथि आक्रमण गरे।
    कोरियाली युद्ध

    उत्तर कोरियाको सो कमदका पछाडि रुस र चीनको समर्थन थियो। यो युद्धमा केवल उत्तर कोरिया र दक्षिण कोरियाली  सेनामात्रै लडेनन् बरु दुई महाशक्ति मुलुकबीचको लडाइ थियो। यो युद्धका कारण पूरै विश्वमा तेस्रो विश्वयुद्धको बादल मडारिन थालेको थियो।
    उत्तर कोरियाले आक्रमण गर्यो र सजिलैसँग दक्षिण कोरियाको सेनालाई परास्त गर्यो।  सेक्टेम्बर १९५० सम्म  लगभग पूरै दक्षिण कोरियामाथि उत्तर कोरियाले कब्जा जमाइसकेको थियो।

    यसबीचमा अमेरिकाको आग्रहमा संयुक्त राष्ट्रसंघले दक्षिण कोरियाको सहायतकालागि सैनिक पठाउने निर्णय गर्यो। रुसले यो फैसलाको विरोधमा भिटो प्रयोग गर्न सकेन। किनभने त्यतिबेला उसले संयुक्त राष्ट्रसंघलाई बहिष्कार गरेको थियो।  अक्टोबरमा अमेरिकी नजरल म्याकअर्थरको नेतृत्वमा संयुक्त राष्ट्र संघका सैनिक आए र उनीहरुले उत्तर कोरियाली सेनालाई त्यहाँबाट धपाए। त्यतिबेला करिव पूरै उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको नियन्त्रण थियो।

    तर, नोभेम्बर १९५० मा चीनको पीपल्स वालंटियर्स आर्मीले उत्तर कोरियाकातफबाट आक्रमण गर्यो र अमेरिकी सैनिक दक्षिण कोरियाबाट धेरै पछि हट्नुपर्यो।

    अमेरिकाले थप सैनिक पठायो र चीनका सैनिकलाई ३८ औं समानान्तर रेखाबाट धपायो। त्यो बेला अमेरिकाका राष्ट्रपति ह्यारी ट्रूमन थिए। उनले जनरल म्याकअर्थरलाई त्यही रेखामा बस्न भनेका थिए, तर, म्याकअर्थर त्यसमा राजी नभएपछि उनलाई हटाइएको थियो। यसरी तीन वर्षसम्म युद्ध जारी रह्यो।  र ३८ औं समानान्तर  रेखा जो नियन्त्रण रेखा थियो, त्यसमा झडप भइरह्यो।

    अमेरिकाका तत्कालीन राष्ट्रपति ड्वाइट आइजनावरले चीनसँग शान्ति वार्ताको प्रस्ताव राखे। तर, यो पनि प्रस्ताव राखियो की शान्तिकालागि आवश्यक परे परमाणु बमको प्रयोग पनि गर्न सकिनेछ।  यो धम्कीले नयाँ तरंग ल्यायो र २७  जुन १९५३ मा कोरियाली युद्ध समाप्त भयो।
    औपचारिक रुपमा युद्ध समाप्त भएपनि यी दुई मुलुकबीच अघोषित युद्ध भने जारी छ।
    खेल कुटनीति

    कोरिया यस्तो ठाउँ हो जहाँ चारैतर्फ चीन, जापान, रुस र अमेरिका छन्। जो विश्वयुद्धमा पनि सहभागी थिए। उनीहरुको सोच त्यो बेला यही थियो कि कोरियामाथि आफ्नो नियन्त्रण होस्  जसका कारण कोरिया अरु कोही पनि हावी नहोस्।

    जानकारहरुका अनुसार यो विषय केवल उत्तर र दक्षिण कोरियाबीचको सम्झौताले मात्रै टुंगिँदैन। यसमा यी चार शक्तिपनि सहभागी हुनुपर्छ।
    तर, यतिबेला यी दुई देशबीच जमेका बरफ पग्लिने संकेत गर्दैछ।  यो ‘गेम डिप्लोमसी’ लाई लिएर शंका पनि पैदा भएको छ। तर, यो पनि आशा गरिँदै छ, दुई देशबीच शीतकालीन ओलम्पिक खेलको बहानामा जुन छलफल सुरु भएको छ, यो वार्ता अगाडि बढ्न र कुनै न कुनै  सकारात्मक परीणाम निस्किन्छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…