• आर एन चौधरी थारु,

    जनवरी/२६ क्वालालम्पुर,


    नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रीय समिती जोहोर मलेसियाको तेस्रो अधिबेशन हुने भएको छ।

    "विश्व भर छरिएर रहेका हामी आदिवासीहरु एक होउ"

    "अधिकार् प्रतिनिधित्व र स्वासाशनको लागी आदिवासी जनजातीहरुको अडान "

    "पहिचान सहितको संघीयताको लागी संविधान संसोधन हाम्रो साझा अभियान"

    भन्ने मुल नाराको तेस्रो अधिबेशन -२०७४ यहि महिना जनवरी २८ तारिख आइतबारको दिन जोहोरबारुको जेबि भन्ने ठाउँमा अवस्थित होटेल बागुसको प्राङ्गणमा हुने महासंघ मलेसिया क्षेत्रीय समिति जोहोरका सचीव मातृका धिमालले जानकारी गराउनु भयो !


    धिमालको अनुसार यो अधिबेशन आयोजना गर्नुको मुख्य उदेश्य आदिवासी जनजातीहरुको पहिचान र अस्तित्व प्रवासमा बसेर पनि जोगाउनको निम्ती,छरिएर बसि रहेका जनजातीहरुलाई एकता क्षुत्रमा बाध्नको निम्ती,प्रवासको भुमीबाटै नेपालमा एकल जातिय साशकहरुले ल्याएको अपुरो संविधान संशोधन गराउन दबाब दिनको निम्ती,ओझेलमा पारिएका आदिवासी जनजातीहरुको माग मुद्दा पूरा गराउन दबाबको निम्ती हो र यो अधिबेशन महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाको प्रमुख आतिथ्यतामा ,क्षेत्रीय समितिका कार्यबाहक अध्यक्ष गोपाल राना मगरको सभापतित्वमा,नेपालि राजदुतावास मलेसियाको विशेष आतिथ्यता तथा महासंघमा आबद्ध विभिन्न ११ वटा जातिय संघ संस्थाको प्रतिनिधिहरुको आतिथ्यतामा अधिबेशन आयोजना हुने जानकारी दिएका हुन्!


    नेपाल आदिवासी जनजाती महासंघ मलेसिया यहाँ रहेका नेपाली पीडितहरुको लागी उद्धारको काम देखि लिएर आर्थिक भौतिक साथ र सहयोग तीब्र रुपमा गरि रहेका छ्।हाल सम्म नेपाल आदिवासी जनजाती महासंघ मलेसियामा नेपाल मगर संघ,तामाङ समाज,प्रवासी थारु सेवा समाज,सुनुवार सेवा समाज,शेर्पा किदुग,तमु समाज लगायतको गरि विभिन्न ११ वटा जातिय संघ संस्थाहरु आबद्ध रहेका छ्न।

















सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…