• २०७७ बैशाख १ ( नयाँ बर्सको सुभकामना )
    युबराज रेग्मी / गौरादह
    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड‐१९ को जोखिम कम गर्न, संक्रमणको रोकथाम तथा विपन्न परिवारलाई राहत वितरण गर्न गौरादह नगरपालिकाले सर्वदलीय संयन्त्र निर्माण गर्ने भएको छ ।

    गौरादहको सामुदायिक भवन अतिथि सदनमा भएको सर्वपक्षीय छलफलले उक्त संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।
    जस अन्तर्गत नगरका प्रत्यक वडामा वडाध्यक्षको संयोजकत्वमा सर्वदलीय समिति गठन गरिने भएको छ । राहत वितरण कार्यलाई प्रभावकारी बनाउन नगर प्रमुखको अध्यक्षतामा एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने भएको छ ।

     

    साथै आवश्यक सल्लाह सुझावका लागि संबिधान सभा सदस्य दिपक कार्कीको अध्यक्षतामा सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको छ ।
    नगर क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री मास्क स्यानिटाइजर र ब्यक्तिगत सुरक्षा उपकरण ( Personal Protective Equipment) उपलब्ध गराइ सकिएको छ ।

     

    अत्यावश्यक सवारी साधन एम्बुलेन्स सेवालाई अझ चुस्त दुरुस्त बनाउने, नगरमा रहेका गैर-सरकारी संस्थाहरुलाई आवश्यक परेको खण्डमा स्वयंसेवामा खटिनका लागि अनुरोध गर्ने ,नगरमा बिपन्न बर्ग लाई उपलब्ध गराउन आवस्यक खाध्यानको पर्याप्तता नभएकोले प्रत्येक वडामा फुड बैकको स्थापना गरिने छ ।



    सम्भावित जोखिमलाई सम्बोधन गर्ने Rapid Response Team ( RRT ) बिगत केही दिन अघिनै गठन गरिसकिएकोले सम्भाबित स्थानमा नगर स्वास्थ साखाका स्वास्थ्यकर्मीले तत्कान सेवा दिने ब्यबस्था भइ सकेको छ । नगर स्वास्थ्य साखाका दुई जना स्वास्थकर्मिको मोबायल टोलि तत्काल त्यस्ता सम्भाबित स्थानमा पुग्ने ब्यबस्था मिलाइएको छ । साथै RRT लाई आवस्यक पर्ने ७ थान परिक्षण कीट चाडै आइपुग्ने जानकारी स्वास्थ सहायक गोबिब्द श्रेष्ठले जानकारी गराएका छ्न ।

     

    छलफलमा सहभागीहरुले बिपतको बेलामा नगरपालिकाको एक्लो प्रयासले मात्र संकट टार्न सम्भव नहुने र लक्षित वर्गले राहत पाउनबाट बन्चित हुनुपर्ने अवस्था आउन सक्ने भएकाले सम्पूर्ण राजनीतिक दलहरुको समन्वयकारी भूमिका आवश्यक रहेको औल्याएका थिए ।
    सहभागीहरुले सरकारको कोभिड – १९ रोकथाम मार्गदर्शन २०७६ लाई आत्मसात गर्दै व्यवहारिक र मानवीय पक्षलाई समेत ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

     

    भारतसंग सिमा जोडिएको जिल्ला भएका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएकाले सम्भावित जोखिमलाई ध्यान दिदै सुरक्षा व्यवस्था थप मजबुद बनाउन सुरक्षा निकायलाई अनुरोध गर्ने , जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाभत्ता लाई सम्बन्धित बैंकका कर्मचारीहरु मार्फत घर घरमा पुर्याउने व्यवस्था गर्न अनुरोध गर्ने लगायतका विषयहरुमा छलफल केन्द्रित रहेको थियो ।
    त्यस्तै सहभागीहरुले नगरपालिका भित्र कार्यरत स्वास्थ्य स्वयंसेविका मार्फत सूचना, जानकारी र सेवा प्रवाह गर्न आवश्यक रहेको औलाएका छन् ।



    त्यस्तै नगर भित्र रहेका उद्योगलाई प्रोत्साहन गर्नुपर्ने, किसानलाई आवश्यक रासायनिक मलको व्यवस्था गर्न सम्बन्धित निकायसंग पहल गर्नुपर्ने, बजार क्षेत्र निश्चित समयावधि तोकी एकै समय खोल्नुपर्ने र नगर क्षेत्रमा उत्पादित सागसब्जी तरकारी लाई सहज र सरल तरिकाले बजारमा उपलब्ध गराउने वातावरण सृजना गर्नुपर्ने उनीहरुले माग गरेका थिए ।

     

    नगर प्रमुख रोहित कुमार साहको अध्यक्षता रहेको कार्यक्रममा उप-प्रमुख गिता भेटवाल , संबिधानसभा सदस्य दिपक कार्की, वडा अध्यक्षहरु , विभिन्न राजनितिक दल अन्तर गत नेकपा नगर अध्यक्ष मित्रदेब काफ्ले , नेपाली काङ्ग्रेस नगर सभापती यादब राज सेडाइ , राप्रपा नगर अध्यक्ष सान्तिराम निरौला , सामाजिक राजनितीक ब्यक्तित्व अनिल कृष्ण प्रसाईं , हुकुम सिंह नेपाली , नेपाल रेडक्रस सोसाइटी उप साखा गौरादहका अध्यक्ष केदार ताजपुरिया , गौरादह उध्योग बाणिज्य संघ अध्यक्ष जित बहादुर कार्की , इलाका प्रहरी कार्यालय गौरादहका इन्चार्ज बिनोद कुमार श्रेष्ठ ,ससस्त्र प्रहरि बल बैगुन्धुराका इन्चार्ज नगर स्वास्थ साखा सम्योजक पर्सुराम भट्टराई ,स्वास्थ्य सहायक गोबिन्द श्रेष्ठ ,विभिन्न संचार माध्यमका सन्चारकर्मीहरु लगायत अन्य ब्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रम गौरादह नगरपालिकाका प्रसासकिय अधिकृत खेम ओझाले सन्चालन तथा महत्वपूर्ण प्रस्ताबहरु उपर उपस्थित महानुभाब बिच आवस्यक छलफल गराएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…