•  दिनेश खड्का

    विराटनगर।  स्कोलरसिप दिने प्रलोभनमा नेपाली विद्यार्थिलाई ठगी गरी भारतको वि ग्रडका कलेज भर्ना गराउने गोखरा धन्धा पछिल्लो समय विराटनगरमा फस्टाएको छ । भारतसंग सिमा जोडिएको नेपालको प्राय सवै सहरहरुमा योस्तो धन्धा मौलाईरहेको पाईएको छ । विद्यार्थिलाई मोटो स्कोलरसिप दिने नाममा भारतवाटै नेपाल आएका कलेजका एजेन्टहरुले विद्यार्थिलाई वि ग्रेड कलेजमा एडमिसन गराउने गरेको पाईएको छ । एक वर्ष अघि मात्र नेपालमा विभिन्न मेला र सेमिनार गराउने नाममा एक मुस्ठ थुप्रै नेपाली विद्यार्थिलाई भारतको विग्रेड कलेजमा एडमिसन गराउने लिगल धन्धा नै चलेको थियो । तत्कालीन समयमा नेपाली विद्यार्थिहरुले भारतीय कलेजमा अनावश्यक दु:ख पाएको र ठगीमा परेको नेपाल सरकारलाई व्यापक दवाव दिएपछि, शिक्षा मन्त्रालयले भारतिय कलेजलाई विना स्वृकिति मेला सेमिनार गोष्ठी र सेमिनार गराउन वन्देज लगाएको थियो ।

    हाल कुनै पनि भारतिय कलेजले नेपालमा कुनै पनि प्रकारको कार्यक्रम गर्नुपरे शिक्षा मन्त्रालयको अनिर्वाय स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर यी नियमकानुनको खिल्ला उडाउदै भारतिय कलेज र नेपाली कन्सलटेन्सिको मिलेमत्तोमा गैरकानुनी रुपमा नेपामा भारतिय कलेजको एडमिसन लक्षित प्रोग्रामहरु ह्ुने क्रम जारी रहेको छ । विराटनगरमा विना स्वीकृति शैक्षिक मेला आयोजना हुदै, चन्द्रिगण, पञ्जावको आर्यन गु्रप अफ कलेजले मंगलवार विना कुनै स्वीकृति विराटनगरमा शैक्षिक मेला आयोजना गर्न गईरहेको छ । विराटनगरकको महेन्द्र चौकमा हुन गईरहेको उक्त मेलाको भारतिय कलेजले कुनै पनि स्वृकिति लिएका छैन्न ।

    भारतवाट आएका आरएन कलेजका एजेन्ट र नेपालका केहि कन्सलटेन्सिहरु मिलि अवैध रुपमा उक्त कार्यक्रम गराउन लागेका पाईएको छ । विना स्वृकिति महानगरभित्र कुनै पनि भारतिय शैक्षिक कार्यक्रम भए तत्काल कार्यक्रम रोकिदिने विराटनगरमहानगरपालिकाले प्रतिक्रिया दिएको छ । आर्यन कलेज चन्ढीगढको बदनाम कलेजहरुको लिष्टमा पर्दछ । यस्ता कलेजमाहरुमा भारतिय विद्यार्थिहरुले समेत एड्मिसन नगराउने हुनाले नेपाली विद्यार्थिलाई ठगी गरी एड्मिसन गर्ने गराईन्छ । यस्ता कलेजहरुमा प्राय गुणस्थिर शिक्षा नहुने, खान पानको राम्रो व्यावस्था नहुने र शुल्क समेत सर्त भन्दा वढी लिने गरेको गुनासो आउने गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चर…

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …