• कोरोना भाइरस (कोभिड १९)विश्वभर फैलिएको छ । कोरोना भाइरसको कहरबाट जोगिन र क्षति न्यूनीकरण गर्न नेपाल सरकारले वैशाख ३ गते सम्मको लागी लकडाउन घोषणा गरिसकेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनले मानिसको जनजीवन त प्रभावित भएकै छ साथमा पशुपंक्षी समेत प्रभावित भएका छन् ।

    पसल होस् या अन्य खाद्यान्न बिक्री वितरण गर्ने संस्था सबै यति बेला बन्द छन् । सबै मान्छे घरभित्र भएको बेला सडक, मठमन्दिर र पर्यटकीय क्षेत्रहरूमा रहँदै आएका मानिसहरु र पशुपंक्षीले खान पाउने अवस्था मुस्किल रहेको छ । यसबेला केही व्यक्ति र पशु कल्याणकारी संघसंस्था बाहेक कसैले पशुपंक्षीहरूको समस्या बुझेको देखिदैन।

    यसैबीच, निर्दोष पशुपंक्षीलाई सहयोग गर्न खुलेर जागरूक भएकी अभिनेत्री हुन् वर्षा राउत । नायिका वर्षा राउतले लकडाउनका कारणले भोका रहेका पशुपंक्षीलाई खाना खुवाएकी छिन् । आइतबार बिहान वर्षा काठमाडौँको टेकु हुदै द्म्पिंग साइटमा रहेका कुकुरहरुलाई खुवाउदै त्यहाँबाट इन्द्रायणी ,सोभाभगवती , बिजेश्वरी, स्वयम्भू , बुढानिलकण्ठ , नक्साल भगवती,कमलपोखरी , नारायणचौर लगायतका स्थानमा पुगेर पशुपंक्षीलाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानी लगायतका आहार दिएकी छिन् । वर्षाले सयौं बाँदर, कुकुर, गाई, चराचुरुंगी र माछालाई आहारा दिएकी हुन् । केही दिन अगाडि मात्र वर्षाले चलचित्र प्राविधिकहरुको लागि ५१ हजार सहयोग गर्ने घोषणा गरेकी थिइन्।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…