•  

    बैशाख १, विराटनगर । १२ वर्ष अघिदेखि मेरुदण्ड भाँचिएर थला परेका झापाका ३१ वर्षीय हस्तबहादुर दर्जीको डा. सुनिल शर्माले उद्धार गरेका छन् । डा. शर्माले झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएका ह’न् ।

    दर्जी १२ वर्ष अघि २०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाँचिएपछि उपचार गर्ने पैसा नहुँदा थला परेका थिए । उनको नोबेल शिक्षण अस्पतालमा निःशुल्क उपचार गराउने डा. शर्माले बताएका छन् ।

    दर्जीको कम्मर भन्दा मुनिको भाग चल्न छोडेकाले उनी थला परेर बसेका थिए । ओछ्यानमै दिसा, पिसाव हुँदा पनि उपचार गर्ने पैसा नभएकाले उनी पीडादायी जीवन बिताउँन बाध्य थिए ।



    दर्जीले भने–‘उपचार गर्ने पैसा नहुँदा आफ्नो नाममा भएको एक कठ्ठा जग्गा पनि मास्नु पर्यो । त्यो पैसाले पनि नपुगेपछि केहि सिप नलागेर १२ बर्ष अघिदेखि ओछ्यान परेको हुँ ।’

    वर्षौ अघिदेखि उठ्न नसकेर सुतिरहदा उनको शरिरको पछाडीको अधिकांस भागमा घाउ छ । घाउ निस्किने र पाक्ने क्रम चलिरहँदा उनी दुर्गन्धित अवस्थामा थिए । खुट्टा लगायत शरिरका अन्य भागको छाला पनि उक्किन थालिसकेको छ ।

    दर्जीको यस्तो पीडादायी अवस्था थाहा पाएपछि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले उनको उपचारका लागि पहल गरेका हुन् । अध्यक्ष भुजेलले दर्जीको पीडादायी अवस्था जानकारी गराएपछि डा.शर्माले उनलाई नोबेल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् ।

    कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले यसअघि पनि यस्ता सयौं बिरामीलाई उद्धार गरिसकेका छन् । गरिब, विपन्न तथा उपचार गर्ने पैसा अभावमा तड्पिरहेका बिरामीहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाई समाजसेवालाई निरन्तरता दिँदै आएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …