• विराटनगर, २ वैशाख
    प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

     

    थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कका अनुसार थ्रोट स्वाबअन्तर्गत ३८ महिला सहित २३३ जना नमूना सङ्कलन गरिएकामा २० जनाको रिपोर्ट आउन बाँकी छ ।
    प्रदेशमा रहेको ४ हजार ४११ वेडको क्वारेन्टाइनमा ४९ महिलासहित ५७२ जना राखिएको छ भने ४४६ वटा आइसोलेशन बेडमा चार महिलासहित १० जना भर्ना गरिएको छ।

     

    प्रदेशमा सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा ४४ वटा आईसियु वेडको व्यवस्था गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा रहेका मध्ये आजसम्म पाँच महिलासहित ५४ जना घर फर्केका छन् भने होम क्वारेन्टाइनमा ६१२ महिलासहित ३ हजार ५ सय ५७ जना छन् । प्रदेश सोमबारसम्म ६५४ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपीई) वितरण गरिएको छ ।(रासस) :

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …