• कोरोना महामारीका कारण नेपाल सरकारले कडा लकडाउन गरेपछि खाडी मुलुकहरुमा नेपालीहरुका ६७ वटा शवहरु अलपत्र परेका छन् । यी लाशहरुलाई सम्बन्धित देशहरुमै जलाउने नेपाल सरकारको प्रयास पनि असफल भएको छ ।

     

    दैनिकजसो कफिनमा हालेर त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा आउने गरेका लाशहरु लक डाउन लागू भएपछि ल्याउन सकिएको थिएन । यसैकारण हर्ट अट्याक, सवारी दुर्घटना, कार्य क्षेत्रमा हुने दुर्घटनाजस्ता कारणले मृत्यबरण गरेका नेपालीका ती लाशहरु अलपत्र परेका हुन् ।
    बैदेशिक रोजगार प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार, रोजगारीमा खाडी मुलुक गएका नेपालीमध्ये यो अवधिमा ६९ जना नेपालीहरुको विभिन्न कारणले मृत्यु भएको र उनीहरुको शव नेपाल ल्याउनु पर्ने अवस्था आएको हो ।

     

    समाचारअनुसार, नेपाल सरकारले ती लाशहरु सम्बन्धित देशहरुमा नै जलाउनका लागि ती देशका राजदूतावासमार्फत सम्बन्धित देशहरुलाई आग्रह गरेको पनि थियो । तर, ती देशहरुले लाश जलाउनका लागि मृतकका परिवारको स्वीकृत माग गरेका थिए ।

     

    नेपाल सरकारले बैदेशिक रोजगार प्रवर्धन केन्द्रमार्फत मृतकका परिवारहरुसंग यसबारे कुरा गरेको पनि थियो । तर, अधिकांश मृतकका परिवारले आफ्नो मान्छेको अन्तिमपटक भए पनि अनुहार हेर्न पाउनु पर्ने र आफ्नो धर्म संस्कृतिअनुसार, अन्तिम संस्कार गर्न पाउनुपर्ने माग गरेपछि नेपाल सरकार अप्ठेरोमा परेको छ । समाचारअनुसार नेपाल सरकारको अग्रहअनुसार दुई नेपालीको शव भने विदेशमै जलाइएको छ ।

     

    तीमध्ये एकजना कोरोनाको संक्रमणका कारण युएईमा मृत्यु भएकी एकजना महिला थिइन् । उनको लाशको अन्त्यष्ठी गरिएको छ । त्यसैगरी दक्षिण कोरियामा अर्कै कारण मृत्यु भएका एकजना नेपालीको शव पनि उतै जलाउने व्यबस्था गरिएको र यसमा परिवारको सहमती जनाएको छ । बांकी ६७ वटा शवहरु जति ढिलो भए पनि नेपाल नै ल्याउनु पर्ने परिवारजनले माग गरेका कारण अन्तिम संस्कार हुन सकेको छैन ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …