• -बिजय धिमाल
    उर्लाबारी /विगतको बर्षहरुमा गरिदै आएको धिमाल राजारानी मेला यस पटक कोरोना भाईरसका कारण नलाग्ने भएको छ ।

    धिमाल जातिय विकास केन्द्रले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै मेला नलाग्ने तर सिमित मानिसको उपस्थितिमा पुजा गरिने जनाएको छ । धिमाल जातिय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्धारा हस्ताक्षरीत विज्ञप्तीमा महामारी नफैलियोस, रोगव्याधी नलागोस, समय मै बर्षात होस, बालिनाली राम्रो होस, जंगली जनावरबाट बच्न प्रकृतिको पुजा गर्ने गरिएको उल्लेख छ । त्यस्तै विज्ञप्ती मार्फत सरकारले जारी गरेको लकडाउनलाई पालना गर्न समेत सबैलाई आग्रह गरिएको छ ।



    प्रेस विज्ञप्ती
    विश्वका मानव समुदायलाई अहिले कोरोना भाईरसले त्रसित बनाएको छ । सधै व्यस्त रहने मानिसहरु अहिले कोठा भित्र बस्न बाध्य भएका छन् । सधै मानिसको भिडले भरिभराउ हुने बसपार्क, हवाई मैदान, ठुला पसल, उद्योगहरु, सिनेमा हल, लगायत सबै स्थानहरु मानिस नभएकाले शुन्य छ । अझै कहिले खोल्ने त्यसको सुनिश्चिता भएको छैन् । कोरोना भाईरसको औषधि अहिलेसम्म कुनै देशमा बन्न सकेको छैन । अहिले हस्पिटलहरुमा डाक्टरहरुले औलो ज्वरोको औषधि हाईड्रोअक्साइड क्लोरिनले यो भाइरसको उपचार गरिरहेका छन् । अहिलेसम्म २०९ देशहरुमा फैलिई सकेको छ । Johns Hopkins University का अनुसार १७ लाख ३ हजार १ सय ४७ जना मानिसहरु यो भाईरसबाट संक्रमित भएका छन, जस मध्ये १ लाख २ हजार ८ सय ४६ जनाको मृत्यू भैसकेको छ भने ३ लाख ७७ हजार २ सय ७३ जना औषधि उपचार गरेर घर फर्किसकेका छन् । अधिकांश देशहरु लकडाउनमा छन ।

     


    स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पनि ९ जनालाई यो भाईरस लागेको छ भने १ जना उपचार पछी घर फर्किएका छन । बाँकी ८ जनाको उपचार भईरहेको छ । नेपालमा यो भाईरसले अहिलेसम्म सामान्यरुप मात्र लिएको छ । नेपाल जस्तो गरिब देशमा यो भाईरस फैलिए बिकरालरुप लिने पक्का छ । अमेरिका, बेलायत, ईटाली, स्पेन, चिन, फ्रान्स, जर्मनी जस्तो बिकसित देशहरुलाई कोरोना भाईरसले विक्षिप्त पारिसकेको छ । अन्य देशमा जस्तो नेपाल फैलिन नदिन नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरेको छ ।

     

    नेपाल सरकारको अर्को निर्णय नआएसम्म २०७७ बैशाख ३ गतेसम्म लकडाउन रहनेछ । यो भाईरसले सबै क्षेत्रलाई प्रभाब पारेको छ । सबैले यो महामारी रोगबाट बच्नु र बचाउनुको अन्य विकल्प छैन् । त्यस कारण विश्व स्वस्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशन सबैले पालना गर्न हाम्रो धिमालहरुको एक मात्र गौरवशाली संस्था धिमाल जातीय विकास केन्द्र, केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ ।

     

    धिमालहरुको मौलिक पर्व जातिरी तथा सिर्जातको शुरुवात लेटाङ नगरपालिका वडा नं। १ मा अवस्थित धिमाल राजारानीबाट बैशाख २ गतेदेखि हुने सबैमा जानकार नै छ । कोरोना भाईरसको कारण यो वर्ष बैशाख २ गते धिमाल राजारानीमा जातिरी ९मेला० नलाग्ने सबै भक्तालुजनहरुमा जानकारी गर्दछौ ।

     

    धिमालहरुले यो पर्व यस्तै महामारी रोगहरु नफैलियोस, रोगव्याधीहरु नलागोस, बालीनाली राम्रो होस, समयमा वर्षात होस, जंगली जनावरको आक्रमणबाट बच्न प्रकृतीलाई पुजा गर्ने चलन छ । यो वर्ष जातिरी नलाग्ने भएकाले सिमित मानिसहरु मात्र धिमाल राजारानी गएर पुजा गर्ने सबैमा जानकारी गर्दछौ । अन्तमा सबैले लकडाउनको पालना गरौं र कोरोना भाईरसबाट आफु पनि बाँचौ, अरुलाई पनि बचाऊ ।

     

    अन्य गाउँटोमा के कसरी जाने भन्ने विषयमा संबन्धित संस्था र पधादिकारी बिच फोन वार्ताबाट अघि बढ्ने केन्द्रीय अध्यक्ष तेज बहादुर धिमालले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…