• युबराज रेग्मी

    बैशाख २ , गौरादह /

    बिश्वब्यापी कोरोना भाइरस (कोभिड१९) संक्रमणको सन्त्रासले निम्त्याएको त्रासदीपुर्ण बातबरणमा नेपालमा पनि सम्भाबित जोखिमको क्रम दिनानुदिन बढ्दै छ । यो समाचार तयार पार्दा सम्म नेपालमा पनि १६ जना कोरोना भाइरस संक्रमीत फेला परि सकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

     

    संक्रमण रोक्न सरकारले देसभर "बन्दाबन्दी "गरेको आज २२ औं दिन बितिसक्दा एका तर्फ भाइरस संक्रमणको सन्त्रास उत्तिकै रहिरहदा अर्को तर्फ दैनिक ज्यालादारी गरि जीवन गुजुरा गर्ने अति बिपन्न मजदुर बर्गको दैनिकीमा दिनानुदिन थप समस्या हुँदै गएको पाइन्छ । यसै विषम परिस्थिति लाई मध्यनजर गरि नगरमा बसोबास गर्दै आएका अतिबिपन्न बर्गको समस्या लाई केही हद सम्म सम्बोधन गर्न स्थानिय स्तरमै राहत सामाग्री शंकलन गर्न झापाको गौरादह नगरपालिकाको गत चैत्र ३० गतेको सर्बपक्ष भेलाले आफ्ना सबै वडा हरुमा राहत संकलन र बितरण गर्न वडा वडामा फुड बैंक स्थापना गर्न समिती गठन गर्ने निर्णय गरेको थियो । सोहि अनुरुप आज बैसाख २ गते नगरपालिकाको वडा न १ मा फुड बैक समिती गठन गरिएको छ ।

     

    वडा कार्यालयमा बसेको सर्बपक्ष भेलाले वडा अध्यक्ष नगेन्द्र भन्डारिको सम्योजकत्वमा फुड बैंक समिती गठन गरेको हो । वडाका जनप्रतिनिधिहरु , विभिन्न राजनितिक दलका प्रतिनिधिहरु , सामाजिक संघ सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको भेलाले उक्त समितिको निर्माण गरिएको नब निर्मित समितिका संयोजक तथा वडा अध्यक्ष भण्डारीले जानकारी गराएका छ्न । इच्छुक ब्यक्ती हरुले अब वडा कार्यालयमै राहत सामाग्री फुड बैंक मार्फत सहयोग गर्न सक्ने छ्न ।

     

    आज गठित उक्त फुड बैंक समितिले सम्पुर्ण इच्छुक वडा वासीहरुलाई यथा सक्दो फुड बैंकमा खाद्यान्न सहयोग गर्न अनुरोध समेत गरिएको छ । फुड बैंकमा सहयोग गर्न इच्छूक ब्यक्तीहरुको घर घरमै उपस्थित भएर राहत संकलन गर्ने ब्यबस्था गरिएको सम्योजक भन्डारीले सोही भेला मार्फत वडा बासी हरुमा जानकारी गराएका छ्न ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …