• ज्योतिष शास्त्रकाअनुसार जुत्ता उल्टो राख्दा जीवनमा यस्ता कठिनाइ आइपर्छ !

    काठमाडौं, २ बैशाख । प्रायजसो हामीमध्ये धेरैले जुत्ताचप्पल उल्टिएको वा पल्टिएको देखे त्यसलाई सुल्ट्याउने गरिन्छ । तर किन सुल्टो पारिन्छ भन्ने चाँही हामीलाई थाहा नहुन सक्छ । खालि जुत्ता चप्पल उल्टो भए यसले नराम्रो हुन्छ मात्र भनिन्छ । कतिले बाटो वा आँगनमा उल्टो जुत्ता भए साइत बिग्रन्छ भन्छन् । तर खास के हो त ?

    ज्योतिष शास्त्रका अनुसार जीवनसँग सम्बन्धित हरेक वस्तुमा ग्रह जोडिएका हुन्छन् । जसमा हामिले पहिरिने जुत्ताचप्पल पनि आउँदछ । ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनी ग्रहसँग हुन्छ ।

    किनकी शनी मानिसको पैतालामा रहने गर्दछ । यसकारण पनि शनीको दशा लागेको ब्यक्तिले जुत्ताचप्पल दान गर्नुपर्ने मान्यता रहेको हो । त्यसैले जुत्ताचप्पल उल्टो भए शनीको दशा लाग्ने मान्यता भए अनुसार यसलाई सुल्टो पारिन्छ ।

    यसैगरी वास्तुशास्त्र अनुसार घरमा जुत्ताचप्पल राख्ने र्‍याक उत्तरपूर्वी दिशामा फर्केको हुनुहुदैन । यस दिशामा र्‍याक फर्केमा त्यहा सूर्यको प्रकाश पर्ने भएकाले जुत्ताको कारण सकारात्मक प्रभाव कम भएर जाने गर्दछ ।

    शास्त्रीय मान्यता अनुसार कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्यबाट बञ्चित गर्दछ ।

    उपहारमा पाएका जुत्ता व्यक्तिको करियरका लागि हानिकारक मानिन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…