•  

    बैशाख ३, २०७७

    एजेन्सी
    कोरोना भाइरस (कोभिड–१९) को जीवाणु अस्पतालको भित्ता र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको जुत्तामा समेत भेटिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले चीनको उहानस्थित हुवोसेनसान अस्पतालमा गरिएको अध्ययनको निष्कर्षलाई आधार मानेर नयाँ तथ्य सार्वजनिक गरेको हो ।

    यस तथ्यअनुसार महामारी उच्च अवस्थामा रहेका बेला संक्रमित राखिएको अस्पतालको आईसियुमा लिइएका स्याम्पलमध्ये ९४ प्रतिशत र संक्रमित राखिएका जनरल वार्डमा लिइएका स्याम्पलमध्ये १ सय प्रतिशत पोजेटिभ देखिएको थियो ।

    अनुसन्धानकर्ताहरुका अनुसार आईसियुमा खटिएका स्वास्थ्यकर्मीका जुत्ताको सोल परीक्षण गर्दा झन्डै ५० प्रतिशत स्याम्पल पोजेटिभ देखिएको थियो ।

    त्यसैले, स्वास्थ्यकर्मीको जुत्ताको सोलबाट कोरोना फैलनसक्ने यस अध्ययनले जनाएको छ । अध्ययनअनुसार अस्पतालका फार्मेसीको भुइँमा पनि कोभीड–१९ को जीवाणु भेटिएको थियो, बिरामी नआउने यस्तो ठाउँमा रोग भेटिनुको मुख्य कारण स्वास्थ्यकर्मीको आवत–जावत नै हुनसक्ने पनि अध्ययनले देखाएको छ ।

    यसअघि गत महिना द लान्सेटले इटलीमा गरेको अध्ययनअनुसार बिरामीको उपचार गर्ने औसत ५ स्वास्थ्यकर्मीमध्ये १ जनामा कोभीड–१९ संक्रमण देखिनसक्ने जनाएको थियो । –युनाइटेड प्रेस इन्टरनेशनल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…