उर्लाबारी । मोरङको उर्लाबारीका सहकारीहरुले लकडाउनमा सेवा प्रदान गर्ने भएका छन् ।
आज सहकारी सञ्जाल उर्लाबारीको बैठकले हरेक हप्ताको सोमबार र विहीबार कार्यालय सञ्जान गरी सेवा प्रवाह गर्ने निर्णय गरेको हो । हप्तामा दुई दिन विहान ७ बजेदेखि ९ बजेसम्म सामाजिक दुरी कायम गर्दै सेवा प्रदान गर्ने निर्णय भएको सञ्जालकी अध्यक्ष सीता कार्कीले जानकारी दिनुभयो । बैठकले लकडाउन अवधिको लागि तिर्नु पर्ने ब्याजको हर्जना वापतको रकम छुट प्रदान गर्ने, एक सदस्य बराबर अधिकतम १० हजार मात्र निक्षेप पिर्ता गर्नेलगायत निर्णय गरेको छ ।