तेजन खड्का
उर्लाबारी । बैदेशिक रोजगारमा रहेका मोरङ राजघाटका युवाहरुको समुह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद १ लाख ८० हजार रुपैंया सहयोग गरेको छ । ग्रुपका प्रतिनिधी लक्ष्मी खापुङ इन्द्रले उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गर्नुभयो । अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतीका लागि उक्त रकम सहयोग गरिएको खापुङले बताउनुभयो । आफुले हङकङमा विद्यालयका पूर्व विद्यार्थी र शुभेच्छुकसँग १ लाख ३० हजार संकलन गरेको र ग्रुपको तर्फबाट ५० हजार थप गरि सहयोग गरिएको खापुङले बताउनुभयो । ‘यो रकम विद्यालयको खातामा रहनेछ, त्यो रकमको ब्याजबाट विद्यालय र विद्यार्थीको लागि रचनात्मक कार्य गर्नुसक्नुहुनेछ खापुङले भन्नुभयो । । उहाँले उक्त रकमबाट विद्यार्थीको प्रतिभा उजागर, खेलकुद,पठनपाठनमा सहयोग गर्न आग्रह गनुभयो ।
केहि महिना अघिमात्र गु्रपका प्रतिनिधी भीम पन्धाक,रुद्र सुब्बा,लागयत विद्यालय परिवारको बैठकले स्कुललाई सहयोग गर्ने निर्णय गरेको थियो । सोहि अनुरुप नगद विद्यालयलाई सहयोग भएको व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङले जानकारी दिनुभयो । उहाँले विद्यालयलाई सम्झिएर सहयोग गरेकोमा ग्रुपलाई धन्यवाद दिनुभयो । ‘यो स्कुलमा पढ्ने धैरै जना बिभिन्न उच्च पदमा हुनुहुन्छ, देश विदेशमा हुनुहुन्छ, तर सहयोग पाएका थिएनौं, केबीआई गु्रपले देशविदेशमा रहेका शुभेच्छुक तथा पूर्व विद्यार्थी र आफ्नो तर्फबाट सामुहिक सहयोग गरेकोमा धन्यवाद दिन चाहान्छौ, अध्यक्ष आङबुहाङले भन्नुभयो ।
यसअघि केबिआई गु्रपले उर्लाबारी—९ कै प्रभात आधारभुत विद्यालयलाई पनि कसल लिम्बूको नेतृत्वमा नगद १ लाख ७७ हजार ६ सय सहयोग गरेको भीम पन्धाकले जानकारी दिनुभयो ।
नगर शिक्षा अधिकारी अबिकेशर सिग्देलको प्रमुख आथ्यितामा भएको कार्यक्रममा उर्लाबारी स्रोत केन्द्रका स्रोत ब्यक्ति पूण्प्रसार्द घिमिर,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बिजय आङबुहाङ,प्रभात आधारभुत विद्यालयका अध्यक्ष रुद्र सुब्बा लगायतको आथित्यता रहेको थियो ।
के हो केबीआई ग्रुप
वैदेशिक रोजगारीमा नेपाल बाहिर रहेका साबिक मोरङ राजघाटका ३ जना युवाहरुको सोच र भिजनका साथ अघि बढ्दै गरेको संस्था हो, केवीआई ग्रुप ।
जसमा बेलायत बस्ने भीम पन्धाक, हङकङ बस्ने कसल लिम्बू र इन्द्र खापुङ‘लक्ष्मी’ छन् । नेपालमा रुद्र सुब्बा र योवाहाङ लिम्बूलाई प्रतिनिधी बनाईएको छ ।
ग्रुपले आफ्नो गाउँठाउँलाई समृद्ध बनाउदै लैजाने योजनाहरु बनाएको छ । गाउँमा सडक बत्ति,शिक्षा,स्वास्थ्य,खेलकुद लगायतका थुप्रै समस्याहरुमा सहयोग गर्न हामी जागरुक भएका हौ, ग्रुपका भीम पन्धाक बताउँछन् । ग्रुपले अक्षयकोष खडा गरिसकेको कोषको ब्याजको रकमबाट समाजिक थालिने गरेको पन्धाकले बताउनुभयो ।