आजको पञ्चाङ्ग
वि.सं. वैशाख ०५, २०७७ । ई.सं. 17 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० चौलागा । प्रमादी उत्तरायण वसन्त । शुक्रवार वैशाख कृष्णपक्ष तिथि । दशमी, २२:३१ बजे उप्रान्त एकादशी । नक्षत्र धनिष्ठा, २७:५२ बजे उप्रान्त शतभिषा । योग शुभ, २०:२९ बजे उप्रान्त शुक्ल । करण वणिज १०:०० बजेदेखि भद्रा , २२:३१ बजे उप्रान्त कौलव । चन्द्रराशि मकर । आनन्दादि योग धाता । दिनमान ३२।०५ । सूर्योदय ०५:३९ । सूर्यास्त १८:२९ । धनिष्ठा पञ्चक १५:०० बजे प्रारम्भ । भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा । दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाटलाई नकार्न सकिदैन ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्नेछ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला । खानापिनमा सावधानी अपनाउनु पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका कमहरूले चिन्ता बढाउनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित नहुनसक्छ । न्यायिक कार्यपनि कमजोर नै रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ कार्य योजना बन्नेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल