• आजको पञ्चाङ्ग

    वि.सं. वैशाख ०६, २०७७ । ई.सं. 18 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० चौलागा । प्रमादी उत्तरायण वसन्त । शनिवार वैशाख कृष्णपक्ष ।तिथि एकादशी , २३:५३ बजे उप्रान्त द्वादशी । नक्षत्र शतभिषा , २९:५५ बजे उप्रान्त पूर्वभाद्रपदा । योग शुक्ल, २०:३० बजे उप्रान्त ब्रह्म । करण वव ११:०९ बजेदेखि वालव , २३:५३ बजे उप्रान्त गर । चन्द्रराशि कुम्भ । आनन्दादि योग आनन्द । दिनमान ३२।०९ । सूर्योदय ०५:३८ । सूर्यास्त १८:३० । पञ्चक। वरुथिनी एकादशी व्रत ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन भावुक र उत्ताउलो बन्नसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटावपनि आउला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । रातो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मतपनि बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नसक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । कृषि कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोश जाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।

    -ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…