•  युबराज रेग्मी

    २०७७ बैशाख ६ शनिबार , गौरादह / छिमेकी मित्ररास्ट्र चिनको बुवान बाट गत डिसेम्बरमा देखा परेको नोबेल कोरोना भाइरस (एन कोभिड १९) को संक्रमण बिश्वभर फैलिइसकेको अवस्थामा ऐले विश्व कोरोना भाइरस बिरुद्दको प्रतिरक्षाको लडाइमा होमिएको छ ।

     

    मित्रराष्ट भारतमा पनि केहीदिन देखि कोरोना भाइरस संक्रमण तिब्ररुपमा बड्दै गर्दा खुल्ला सिमानाका कारण त्यसको प्रत्यक्ष प्रभाब नेपालमा पनि पर्ने देखिन्छ । नेपालमा केहीदिन यता भाइरस संक्रमितको संख्या बढ्ने क्रम जारी छ । हाल देस भर आज बिहिबार सम्ममा ३० जना ब्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्ठि भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

     

    अर्को तर्फ कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले देसभर बन्दाबन्दी गरेको अवस्थामा दैनिक ज्यालादारी गरि जीवन गुजारा गर्ने बिपन्न बर्गको दैनिकी दिनानुदिन कस्टकर बन्दै गएको छ । यश विषम परिस्थितीलाई मध्यनजर गर्दै देसभरका स्थानिय निकायहरुले राहत संकलन एबम बितरण गर्दै आएका छ्न। राहत हस्तान्तरणकै क्रममा झापा जिल्लामा गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला साखाले आज बिहिबार कमल गाउपालिकामा राहत सामाग्री हस्तान्तरण गरेको छ ।

     

    राहत सामाग्री अन्तरगत केही दिन अघि र आज गरि १२ क्विन्टल चामल ,७५ केजि दाल र ७५ केजि नुन वडा न १ लाई हस्तान्तरण गरेको हो । दुई चरणमा उपलब्ध गराएको उक्त परिमाणको राहत सामाग्री जि.पि. फाउन्डेसन झापाका जिल्ला संयोजक एबम साबिक तोपगाछी गा.बि.स. का नेपाली काङ्ग्रेस पार्टी सभापति बुद्दीराज न्यौपाने , सस्थाका जिल्ला प्रबक्ता एबम कोटेश्वर बहुमुखी क्याम्पसका पुर्ब स्वबियु सभापति महेन्द्र भट्टराई लगायतले कमल गा. पा. वडा न: १ का वडा अध्यक्ष केदार कटवाललाई वडा कार्यालय परिसरमा हस्तान्तरण गरेका थिए ।

     

    राहत सामाग्री हस्तान्तरण गर्ने सस्थाका संयोजक न्यौपाने विभिन्न समयमा निरन्तर रुपमा सामाजिक कार्यमा समर्पित हुँदै सहयोग उपलब्ध गराउदै आउने परोपकारी मनका धनी ब्यक्तीका रुपमा परिचित स्थानिय ब्यक्ती हुन । त्यसैगरि सस्थाका प्रबक्ता एबम ने. बि. संघका युबा नेता भट्टराई केन्द्र देखि स्थानिय तहका हरेक सामाजिक कार्यक्रममा सामेल हुँदै आफ्नो अमुल्य योगदान पुर्याउदै आएका ने. बि .संघका चिर परिचित अग्रपंक्तिका साहसिक प्रखर उर्जासिल युबा नेता हुन ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …