उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले छड्के चेकजाँच तिब्र पारेका छन् ।
आज विहानै ४ बजे सडकमा देखिएका मेयर फागोसहित सशस्त्र र जनपथ प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा सामान ओसार्ने सवारीले भारतीय नागरिकलाई नेपालतर्फ ल्याउने गरेको पाइएको हो । उर्लाबारी नगरपालिकाभित्र प्रवेश गर्ने अतिवाश्यक सामान ओसार्ने सवारीलाई कडाई पारिएको छ । उर्लाबारी नगरबासीलाई कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाएको मेयर फागोले जानकारी दिए । उनले भिडभाडमा जाँदा माक्सको प्रयोग गर्न र अतिआवश्यक काम विना घरबाट ननिस्किन अनुरोध गरे । विहान ६ बजेदेखि १० बजेसम्म मात्र अतिआवश्यक खाद्यान्यको पसल मात्र खोल्ने उनले अपिल गरे ।
https://www.youtube.com/watch?v=nfynELwsKR0