• काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ । यो हिजोको भन्दा बढी हो ।

    अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।

    संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

    सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार विहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

    पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४९८ जनाको मृत्यु भएको छ भने ३१ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितमध्ये ५९ हजार ९८९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७६ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख १२ हजार ९७ जना उपचाररत छन् ।

    कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको स‌ंख्या २० हजार २ पुगेको छ । एकै दिन स्पेनमा ६८७ जनाको मृत्यु भएको छ ।

    बितेको २४ घण्टामा ५ हजार ८९१ नयाँ संक्रमित फेला परेसँगै स्पेनमा १ लाख ९० हजार ८३९ जना कोरोना संक्रमित बनेका छन् । जसमध्ये ७४ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् ।

    ९६ हजार ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचार गरिरहेका मध्ये ७ हजार ३७१ को अवस्था गम्भीर छ ।

    कोरोना भाइरसको संक्रमणबाट इटालीका २२ हजार ७४५ जना नागरिकले ज्यान गुमाएका छन् । एकै दिन ५७५ जनाको मृत्यु भएको छ ।
    शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार ४३४ पुगेको छ ।

    संक्रमितमध्ये ४२ हजार ७२७ उपचारपछि निको भएर घर फर्किएका छन् । १ लाख ६ हजार ९६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २ हजार ८१२ जनाको अवस्था गम्भीर छ ।

    कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या १८ हजार ६८१ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा फ्रान्समा ७६१ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म फ्रान्समा १ लाख ४७ हजार ९६९ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३४ हजार ४२० जना उपचारपछि फर्किएका छन् भने ६ हजार २७ जनाको अवस्था गम्भीर छ । ९४ हजार ८६८ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

    जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४१ हजार ३९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६९९ नयाँ संक्रमित फेला परेका छन् ।

    अहिलेसम्म जर्मनीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३५२ पुगेको छ । २४ घण्टाको अवधिमा मात्र ३ सय जनाको मृत्यु भएको छ ।

    संक्रमितमध्ये ८३ हजार ११४ उपचारपछि निको भएर फर्केका छन् । ५३ हजार ९३१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५ हजार १३ जनाको अवस्था चिन्ताजनक छ ।

    कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो ।

    यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म चीनमा ८२ हजार ६९२ जना संक्रमित छन् । २४ घण्टाको अवधिमा ३२५ नयाँ संक्रमित फेला परेका छन् ।

    संक्रमितमध्ये ७७ हजार ९४४ उपचारपछि घर फर्किएका छन् भने ११६ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ८९ जनाको अवस्था गम्भीर छ ।

    बेलायतमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा ८४७ जनाको मृत्यु भएको छ । यो सँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ पुगेको छ ।

    एकैदिन ५ हजार ५९९ नयाँ संक्रमित फेला परेका छन् । शनिबार बिहानसम्म १ लाख ८ हजार ६९२ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये ९३ हजार ७७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ हजार ५५९ जनाको अवस्था चिन्ताजकन छ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …