• तिलक नेपाली (बर्देवा)
    मोरङ/रहस्यमय मृत्युको आशंकामा ज्वाईलाई माइती पक्षले मुद्दा लगाउने भएका छन् ।

    झापाको बुद्दशान्ति गाउँ पालिका वडा नं. २ गोपाल टोल निवासी अनिता अधिकारी खनालको रहस्यमय मृत्यु भएका कारण मुद्दा हाल्ने तयारी गरिएको मृतककी आमा राधा अधिकारीले बताएकी छन् । उनका अनुसार अनिताको शव शुक्रबार धरान स्थित बी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी झापामा दाहसंस्कार गरिएको छ ।

    उक्त घटना रहस्यमय ढंगले भएको भन्दै अनिताको माइती पक्ष उर्लाबारी ४ निवासी मृतककी आमा राधाले न्यायीक छानविनको माग गरेकी छन् । शनिबार पत्रकारहरुसँग गुनासो राख्दै छोरीलाई मृत्युको मुखमा पु¥याउनेलाई कडा कारवाहीको माग राखेकी छन् ।
    अनिता मृत्यु प्रकरण

    झापाको बुद्दशान्ति २ मा बस्दै आएकी अनिता स्थानीय एक निजी विद्यालयमा पढाउने गर्दथिन् । उनका पति षडानन्दप्रसाद खनाल औषधि बिक्रेता (एम. आर.) को काम गर्देै आएका थिए । सामान्य आर्थिक अवस्था भएका उनीहरुसँग सात बर्षिय एक छोरा र आमा सहित चारजनाको परिवार थियो ।

    यतिखेर विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उनीहरु आफ्नै घरमा बसिरहेका थिए । बैशाख ३ गते बुधबार अपरान्ह ४ बजे आफ्नै कोठामा ढोका थुनेर झुन्डिएको अवस्थामा अनितालाई भेटेको उनका पति षडानन्दको भनाई छ । खेतमा घाँस काटेर घर आउँदा अनिता झुण्डिएको अवस्थामा देखेपछि आमा तथा छिमेकीलाई बोलाएर ढोका खोली सल÷डोरी काटी अनितालाई बचाउन बिर्तामोड स्थित बिर्तासिटी हस्पिटलमा लगेको तर पु¥याउन साथ डाक्टरले मृत्यु घोषणा गरेको मृतकका पतिले बताएका छन् ।

     

    माइती पक्षको उपस्थिति तत्काल हुन नसकेका कारण शुक्रबार बिहान मात्र अनिताको शवलाई पोष्टमार्टमका लागि अञ्चल अस्पताल भद्रपुर लगिएता पनि त्यहाँ ल्याब टेष्ट बिश्वासिलो नहुने बुझिएपछि धरान स्थित बिपी कोइराला स्मृति प्रतिष्ठानमा उनको पोष्टमार्टम भएको थियो । अनिताको शवलाई आफन्तहरुले शुक्रबार राति नै झापा लगेर अन्तिम दाहसंकार गरेका छन् । यस बिषयमा षडानन्दसँग बुझ्दा मृत्युको कारण आफुले समेत बुझ्न नसकेको बताएका छन् ।

     

    यता, अनिताका दाजु रबिन अधिकारीले घटना भएको पाँच घण्टा पछिमात्र गाउँका मानिसबाट माइतीले खवर पाउनु, शल र डोरीले झुण्डिएको भनी फरक फरक कुरा बताइनु, पहिला आमा या ज्वाईले पहिलो पटक देखेको भनि फरक फरक कुरा गरिनु, शरिर भरी निलडाम र फोका हुनु, आँखामा रगत जम्नु, टाउको पछाडि टुटुल्को उठेको देखिनु, यस अघि माइती पक्षसँग तीन लाख रुपैयाँ रकम माग भनि पटक पटक फोन गर्न लगाउनु, ज्वाईले पटक पटक डिभोर्सको कुरा उठाइरहनु जस्ता कारणले घटना रहस्यमय ढंगले घटेको माइती पक्षको दावी छ । दाजु रविनले उक्त घटनाको न्यायीक छानबिनको माग गर्दै हत्या गरेको वा आत्महत्या गर्नलाई बाध्य बनाइएको भन्दै किटानी साथ इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दिने बताएका छन् ।

     

    यता प्रहरीले भने तत्काल घटना स्थल पुगेर अनिताको मोवाइल र केही लेखिएको कागज बरामद गरी कोठालाई शिल गरेको बताइएको छ ।
    २०६९ सालमा प्रेम बिवाह गरेकी अनितालाई आर्थिक बिषयमा श्रीमानले मानसिक तनाब दिने गरेको माइती पक्षले बताएका छन् । उनले दिदीसँग तीन लाख रुपैयाँ र आमा राधा अधिकारीको नाममा रहेको जग्गा बैंकमा धितो राखी एक लाख ऋण लगेको माइती पक्षको भनाई छ । अनिता एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर फिल्ड अफिसर रहेको परिवारले बताएको छ । अत्यन्तै मिलनसार र भलाद्मी स्वभावकी अनिताको मृत्युका बारेमा आफूहरुसमेत अनभिज्ञ रहेको बुद्दशान्ति स्थानीयले बताएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …