• वि.सं.२०७७ साल वैसाख ०७ गते । आईतबार । ईश्वी सन् २०२० अप्रिल १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– द्वादशी,५० घडी ०० पला,रातको ०१ बजेर ३७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– शतभिषा, ०० घडी ४३ पला,बिहान ०५ बजेर ५५ मिनेट उप्रान्त पूर्वाभाल्रपदा । योग– ब्रम्ह,३७ घडी ५९ पला,बेलुकी ०८ बजेर ४९ मिनेट उप्रान्त ऐन्द्र । करण–कौलव,मध्यान्ह १२ बजेर ४३ मिनेट उप्रान्त तैतिल,रातको ०१ बजेर ३७ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १२ पला । पञ्चक। सायन सूर्य १४:०७ बजे वृषमा प्रवेश। त्रिपुष्कर योग ५:५५ देखि २५:३७ बजेसम्म ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । आफन्त तथा दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

    नयाँ प्रविधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आज थालिएका जुनसुकै कामहरुबाट न्युन कमाई हुँने हुँदा आर्थिक क्षेत्र कमजोर हुनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ।

    सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निविचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    काम गर्ने शैलि परिवर्तन गरेर गर्नुहोला । आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तापनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

    तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग मनमुटाब बढ्नेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    साथिभाई आफन्तसँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोग पाईनेछ । वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

    कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना कुरा साटासाट गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।
    वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । व्यावसायमा मन्दि आउँनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    ज्योतिषी तारानाथ भण्डारी ।

    ०००

    योपनि

    साप्ताहिक राशिफल : वैशाख ०७ गते आईतबारदेखी वैशाख १३ गते शुक्रबारसम्मको

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    साताको सुरु र अन्तको समय राम्रो रहेकोले सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । दाजुभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ । घरपरिवार तथा आफन्तका साथ घरमै समय व्यातित हुनेछ । घरमै बसेर ध्यान तथा साधना गर्दा शरिर स्वास्थ्य हुनेछ । स्वअध्ययनले पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोल भिडभाडको यात्रा नगर्नुहोला । विदेशी भूमिमा हुनुहुन्छ भने स्वास्थ्यको ख्याल गर्नुहोला ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    घरमै बसेर ध्यान तथा साधना गर्दा शरिर स्वास्थ्य हुनेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । औषधीजन्य तथा खानेकुराको व्यापारमा वृद्धि भएपनि अन्य व्यावसाय खस्केर जाने तथा मन्दि आउँनेछ । दाजुभाई तथा आफन्तको सहयोेग पाईने योग रहेकोछ । बुधबार साझबाट समय मध्ययम रहेकोले धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । गोप्य कुराहरु बाहिर आउँन सक्ने हुनाले सजक रहनु पर्नेछ । यात्रा गर्दा दुःख हुनेछ । विदेशी भूमिमा हुनुहन्छ भने स्वास्थ्यको ख्याल गर्नुहोला ।

    मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

    समय राम्रो रहेकोले पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । घरमै बसेर ध्यान तथा साधना गर्दा शरिर स्वास्थ्य हुनेछ । घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको वन्धन कसिलो भएर जानेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरि आफ्ना लेख रचनाहरु जनमानसमा लैजान सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

    कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    बुधबार बिहान सम्मको समय मध्ययम रहेकोले व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउँने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ । बुधबार साझबाट समय उत्तम रहेकोले पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    सातको सुरु र अन्तको समय राम्रो रहेकोले छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । घरमै बसेर गरिने अध्ययनले शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् । औषधीजन्य तथा खाद्यन्न सम्वन्धीत व्यावसाय फस्टाएर जाने भएपनिअन्य व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले परिस्थितीको अध्ययन तथा विश्लेषण गरि कामहरु गर्नुहोला । वाहिरी वातावरणको ध्यान दिनुहोला । भिडभाडको यात्रा नगर्नुहोला । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला ।

    कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

    औषधीजन्य र खाद्यन्नको व्यापारमा वृद्धि हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ । बुधबार साझबाट समय मध्ययम रहेकोले दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउँने तथा तलमाथी हुने अधिक सम्भावना रहेकोछ । घर परिवार तथा दिदि बहिनी सँगको सम्वन्धमा दरार आउँने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । तरपनि ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । यात्रा स्थगित गर्नु नै राम्रो हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु विच घनिष्टता बढेर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोग रहनेछ । तरपनि समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला । यात्रा स्थगित गर्नु नै राम्रो हुनेछ ।

    बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    बुधबार बिहानसम्मको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउँन सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बुधबार दिउसोबाट बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । सोमबारबाट आमा वा परिवारका सदस्य सित टाडिनु पर्दा गाह्रो महशुष हुनेछ । आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्वन्धमा नयाँ पनको विकास हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । पढाइ लेखाइ बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्वसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्वन्धी समस्या आउँने योग रहेकोछ । तरपनि सरसफाईमा बिशेष ध्यान दिनुहोला । नीति नियमको पालन गर्दा ध्यान दिनुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ ।

    मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतीको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्नुहोला आगामि दिनमा आम्दानी बढाउँन सकिनेछ । बुधबार साझबाट सवारी साधन चलाउँदा तथा यात्रा गर्दा ध्यान दिनुहोला । मायाप्रेम तथा पति पत्नी विच केहि विषयमा मनमुटाव बढ्नेछ । धनमाल हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । तरपनि भिडभाडमा यात्रा नगर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला । ध्यान तथा साधना गरि समय व्यातित हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ । प्रणय सम्वन्धमा विश्वासको वातावरण बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा कामहरु हुनेछन् । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा घाटा लाग्नेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने हुनाले सरसफाईमा विशेष ध्यान दिनुहोला । वढि भिडभाड हुने ठाउँ तथा यात्रा गर्दा सावधानी अपनाउँनु होला ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    साताको सुरु र अन्तको समय मध्ययम रहेकोले राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । विदेशमा हुनुहुछ भने स्वास्थ्यको ख्याल गर्नुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । सोमबारबाट बुधबार मध्यान्ह सम्मको समय राम्रो रहेकोले प्रेम तथा मित्रताको वन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । ध्यान तथा साधना गरि समय व्यातित गर्नुहोला । तरपनि सरसफाईमा ध्यान दिनुहोला । यात्रा स्थगित गर्नु नै राम्रो हुनेछ ।

    तपाईको दिन शुभ रहोस ।

    ज्योतिषी तारानाथ भण्डारी ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…