• आजको पञ्चाङ्ग

    वि.सं. वैशाख ०७, २०७७ । ई.सं. 19 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० चौलागा । प्रमादी उत्तरायण वसन्त । आइतवार वैशाख कृष्णपक्ष । तिथि द्वादशी, ०१:३७ बजे उप्रान्त त्रयोदशी । नक्षत्र शतभिषा, ०५:५५ बजे उप्रान्त पूर्वभाद्रपदा । योग ब्रह्म, २०:४९ बजे उप्रान्त ऐन्द्र । करण कौलव १२:४३ बजेदेखि तैतिल , २५ :३७ बजे उप्रान्त भद्रा । चन्द्रराशि कुम्भ ।आनन्दादि योग राक्षस । दिनमान ३२।१३ । सूर्योदय ०५:३७ । सूर्यास्त १८:३० । पञ्चक। सायन सूर्य १४:०७ बजे वृषमा प्रवेश। त्रिपुष्कर योग ५:५५ देखि २५:३७ बजेसम्म ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मुल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ कार्यगर्ने योजना हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रामनोरञ्जन कार्य रहला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अतिथिका रूपमा सम्मान पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।

    - ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…