• तिलक नेपाली (बर्देवा)
    मोरङ ७,बैशाख/
    अनिताकाे रहस्यमय मृत्यु भएकाे आशंका पछि घटनास्थल पुगेका माइती पक्षले अनिताकाे हत्या नै भएकाे ठाेकुवा गरेका छन् ।
    माेरगंकाे उर्लाबारी - ४ बाट मृतककी अामा राधा , दाजु रबिन अधिकारी लगायतकाे परिवार छाेरीकाे घर झापाको बुद्दशान्ति गाउँ पालिका वडा नं. २ पुगेर घटनास्थलकोअवलोकन गर्दा उनिहरुले उक्त निश्कर्ष निकालेकाे बताएका छन् ।

     

    उनिहरुका अनुसार अनिता झुन्डिएर अात्महत्या गरेकाे भनिएकाे काेठाकाे ढाेका नबिग्रिने गरि फुटाएकाे देखिनु , झुन्डिएको ठाउँकाे मुडा जहाँकाे तहि रहनु , छेउमा रहेकाे पानिकाे थर्मस नलड्नु , हसियालेे सल काट्दा हसियामा कपडाकाे कुनैपनि अंश नभेटिनु, स्थानीय व्यक्ति तथा परिवारकाे बाेलाईमा स्थिरता नहुनु लगायतका कारणले अनितालाई हत्या गरेर झुन्डाएकाे हुनुपर्छ भनेका छन् ।

     

    माईती पक्षले घटनाको स्थलगत अवलोकन पश्चात् ईलाका प्रहरी कार्यलय धुलाबारी र बुधबारे प्रहरीसंग छलफल समेत गरकाे बताएका छन् ।साे अवसरमा प्रहरीले १३ दिने काजकिरिया सकेपछि र पाेष्टमार्टम रिपाेट अाएपछि छलफल हुने र काेहि दाेषी देखिए तत्काल जाहेरि लिई कार्बाही अगाडी बढाईने जनाएकाे छ ।

     

    अाईतबार झापाका पत्रकार र प्रहरी लगायतकाे उपस्थितिमा घटनास्थलकाे सिल गरेकाे ढाेका खाेलिएकाे हाे ।
    अनिताको शव शुक्रबार धरान स्थित बी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी झापामा दाहसंस्कार गरिएको थियाे ।
    यता उक्त घटना रहस्यमय ढंगले भएको भन्दै माइती पक्षले न्यायीक छानविनको माग गरेका छन् । शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै छोरीलाई मृत्युको मुखमा पुर्याउनेलाई कडा कारवाही हुनु पर्ने अनिताकाे अामा राधा अधिकारीले माग राखेकी छन् ।

     

    बुद्दशान्ति २ मा बस्दै आएकी अनिता स्थानीय एक निजी विद्यालयमा पढाउने गर्दथिन् । उनका पति षडानन्दप्रसाद खनाल औषधि बिक्रेता (एम. आर.) को काम गर्देै आएका थिए । सामान्य आर्थिक अवस्था भएका उनीहरुसँग सात बर्षिय एक छोरा र आमा सहित चारजनाको परिवार थियो । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उनीहरु आफ्नै घरमा बसिरहेका थिए । बैशाख ३ गते बुधबार अपरान्ह ४ बजे आफ्नै कोठामा ढोका थुनेर झुन्डिएको अवस्थामा अनितालाई भेटेको उनका पति षडानन्दको भनाई छ । खेतमा घाँस काटेर घर आउँदा अनिता झुण्डिएको अवस्थामा देखेपछि आमा तथा छिमेकीलाई बोलाएर ढोका खोली हसियाले सल(पासाे) काटेर अनितालाई बचाउन बिर्तामोड स्थित बिर्तासिटी हस्पिटलमा लगेको तर पुर्याउन साथ डाक्टरले मृत्यु घोषणा गरेको मृतकका पतिले बताएका थिए ।

     

    घटनाकाे बिषयमा पटक पटक ज्वाइँ षडानन्दसँग बुझ्दा मृत्युको कारण आफुले समेत बुझ्न नसकेको बताउदै अाएका छन ।
    यता, अनिताका दाजु रबिन अधिकारी, भिनाजु कमल श्रेष्ठ लगायतले घटना भएको पाँच घण्टा पछिमात्र गाउँका मानिसबाट माइतीले खवर पाउनु, शल र डाेरिले झुण्डिएको भनी फरक फरक कुरा बताइनु, पहिला आमा या ज्वाईले पहिलो पटक देखेको भनि फरक फरक कुरा गरिनु, शरिर भरी निलडाम र फोका हुनु, आँखामा रगत जम्नु, टाउको पछाडि टुटुल्को उठेको देखिनु, यस अघि माइती पक्षसँग तीन लाख रुपैयाँ रकम माग भनि पटक पटक फोन गर्न लगाउनु, ज्वाईले पटक पटक डिभोर्सको कुरा उठाइरहनु जस्ता कारणले घटना रहस्यमय ढंगले घटेको माइती पक्षको दावी गर्दे अाएका छन । दाजु रविनले उक्त घटनाको न्यायीक छानबिनको माग गर्दै हत्या गर्ने वा आत्महत्या गर्नलाई बाध्य बनाउनेलाइ कडा कार्बाही हुनुपर्ने माग राखेका छन् ।



    घटना भएकाे दिन प्रहरीले तत्काल घटना स्थल पुगेर अनिताको मोवाइल र केही लेखिएको कागज बरामद गरी कोठालाई शिल गरेको थियाे ।
    २०६९ सालमा प्रेम बिवाह गरेकी अनितालाई आर्थिक बिषयमा श्रीमानले मानसिक तनाब दिने गरेको माइती पक्षकाे दाबि छ । उनले दिदीसँग तीन लाख रुपैयाँ र आमा राधा अधिकारीको नाममा रहेको जग्गा बैंकमा धितो राखी एक लाख ऋण लगेको माइती पक्षको भनाई छ । त्यसपछि पनि माईति संग पुन ३ लाख माग्न लगाएता पनि माईति पक्षले दिन नसकेकाे अनिताका दाजु रबिन ले बताएका छन तर अन्तिम पटक भने अनिता एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सिनियर फिल्ड अफिसर रहेको परिवारले बताएको छ । अत्यन्तै मिलनसार र भलाद्मी स्वभावकी अनिताको मृत्युका बारेमा आफूहरुसमेत अनभिज्ञ रहेको बुद्दशान्तिका स्थानीयले बताउँदै अाएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…