• उर्लाबारी । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेसँगै प्रहरीसँगै प्रहरीको साथी म अभियान चलाइएको छ ।

     

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नै आएर प्रहरीको साथी म को शुभारम्भ गर्नुभयो । लकडाउनको सुरुवातीदेखि नै उर्लाबारी–३ मा प्रहरीको साथी म अभियानमा १० जना युवा सक्रिय रुपमा खटिरहेका छन् । प्रहरी टोलीसँगै युवाहरुले अनावश्यक रुपमा हिँड्नेलाई चेकजाँच गर्दै आएका छन् । चेकजाँच गरी परिचय पत्रको आधारमा छोड्ने गरिएको छ । अनावश्यक रुपमा हिँड्नेलाई फर्काउने गरिएको छ ।

     

    चेकजाँचकै क्रममा कमल गाउँपालिका स्वाथ्यकर्मी सुरज श्रेष्ठलाई पनि परिचय पत्र देखाउन भनियो । परिचय पत्र देखाउन भनेपछि सोही विषयलाई लिएर उहाँले सामाजिक सञ्जालमा धम्कीपूर्ण भाषासहित पोष्ट गर्नुभयो । सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गरेपछि स्वास्थ्यकर्मी श्रेष्ठलाई कार्वाहीको माग युवाहरुले गरेका छन् । तर, प्रहरीले कार्वाही गर्न आनाकानी गर्दै आएको छ ।

     

    अभियानमा सक्रिय युवा साजन कुँवरले धम्कीपूर्ण सामाजिक सञ्जालमा पोष्ट गर्नेलाई कानुनी कार्वाही गर्नु पर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो हामीले कसैलाई असभ्य तरिकाले ब्यवहार गरेको छैन । स्वम् त्यहाँ खटिएका प्रहरीका अनुसार पनि युवाहरुले नियम संगत काम गरिरहेका छन् ।

    https://www.youtube.com/watch?v=t1HSXooo5zk

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …