• टाँडी ÷ मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ४ सखेवास्थित एक बालिकाले सुसाइट नोट लेखेर आत्महत्या गरेकि छिन् । १५ वर्षिय मन्जु नेम्वाङ्ग लिम्बुले सुसाइट नोट लेखेर शनिबार आत्महत्या गरेकी हुन् ।

     

    ‘पूर्व प्रेमीले करणी गरेको र प्रेममा रहेका पारसले थाहा पाएपछि उनले छोडेर अर्कै सँग विवाह गरेको कारणले आफुले आत्महत्याको बाटो रोज्नु परेको र आफुलाई करणी गर्नेलाई कारवाही गरिनुपर्ने,’ मन्जुले लेखेको सुसाइट नोटमा उल्लेख छ । उक्त सुसाइट नोटमा पूर्व प्रेमि मदन भएको पनि उल्लेख गरेकी छिन् । आत्महत्या गरिएको सुसाइट नोट मृतकका परिवारले इलका प्रहरी कार्यालय उर्लाबारीमा बुझाएको छ । मृतका परिवारले सत्यतथ्य छानविन गरि आत्महत्या गराउन बाध्य बनाउनेहरूलाई कारवाहीको माग राखेका छन् ।

     

    मृतककी दिदी कविताले बहिनीले सुसाइट नोटमा नाम किटान गरि आत्महत्या गरिएको उल्लेख गरेको हुनाले प्रहरीले निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गराउनुपर्ने बताइन् । इप्रका उर्लाबारीका प्रमुख इनिस्पेक्टर सुवास राईलाई भेटर उनले यस्तो माग राखेकी हुन् । कक्षा ९ मा अध्ययरत मृतक मन्जु स्थानिय सरस्वती माविमा अध्ययरत थिइन् । प्रहरीले उनको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पोष्मार्टम गरेको छ ।

     

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले मृतक लिम्बुको पोष्मार्टम भएकोले रिपोर्ट आएपछि थप अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए । उनले यस घटनामा विस्तृत रूपमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताए ।

    https://www.youtube.com/watch?v=QOh8dY6rCis

     

    https://www.youtube.com/watch?v=woPiXkDbut8

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…