•  

    आजको पञ्चाङ्ग

    वि.सं. वैशाख ०८, २०७७ । ई.सं. 20 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० चौलागा । प्रमादी उत्तरायण वसन्त । सोमवार वैशाख कृष्णपक्ष । तिथि त्रयोदशी, ०३:३६ बजे उप्रान्त चतुर्दशी । नक्षत्र पूर्वभाद्रपदा, ०८:१७ बजे उप्रान्त उत्तरभाद्रपदा । योग ऐन्द्र, २१:२० बजे उप्रान्त वैधृति । करण गर १४:३६ बजेदेखि वणिज, २७:३६ बजे उप्रान्त शकुनि । चन्द्रराशि मीन । आनन्दादि योग मुसल । दिनमान ३२।१६ । सूर्योदय ०५:३६ । सूर्यास्त १८:३१ । पञ्चक। सोमप्रदोष व्रत । छन्द दिवस ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हिडडुल र यात्राबाट हानि हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घर परिवार संग समय व्यतीत हुनेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सेवामूलक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्य प्रति सजक रहनु पर्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मान्यजन संग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    - ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…