• काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ४ जहार ८८७ जनाको मृत्यु भएको छ ।

    योसँगै मृतकको संख्या १ लाख ६४ हजार ९२२ पुगेको छ । सोमबार विहान ७ बजेसम्म एकैदिन विश्वभर ७४ हजार ८३ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ४ हजार ८५१ पुगेको छ ।

    एकैदिन संक्रमित र मृत्यु हुनेको धेरै संख्या अमेरिकाकै छ । त्यहाँ अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ ।

    सोमबार यो समाचार तयार पार्दासम्म थप १ हजार ५१० को मृत्यु भएसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ।

    पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ६३ हजार ५७९ पुगेको छ ।

    अमेरिकामा संक्रमितमध्ये ७० हजार ९३८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ५२ हजार ११७ जनामध्ये १३ हजार ५६६ को अवस्था गम्भीर रहेको छ ।

    कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २३ हजार ६६० पुगेको छ ।

    आइतबार थप ४३३ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार ६६० पुगेको हो ।

    पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ ।

    इटालीमा संक्रमितमध्ये ४७ हजार ५५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ८ हजार २५७ जनामध्ये २ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ ।

    स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४१० जनाको मृत्यु भएको छ भने ४ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् ।

    योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ४५३ पुगेको छ ।

    सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ हजार ३५७ जना उपचारपछि निको भएका छन् ।

    ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ८६४ जना उपचाररत छन् ।

    यस्तै फ्रान्समा १९ हजार ७१८, बेलायतमा १६ हजार ६०, जर्मनीमा ४ हजार ५८६, इरानमा ५ हजार ११८ जनाको मृत्यु भएको छ ।

    महामारी फैलिएको साढे ३ महिना भन्दाबढी हुँदा पनि औषधि तथा खोपको विकास हुन नसक्दा संसारका कयौँ मुलुकहरु लकडाउनको अवस्थामा रहँदा पनि मृतक र संक्रमितको संख्या बढ्दो छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…