• साउदी अरवमा पछिल्ला केही दिन यता विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढेको छ ।
    नेपाली कामदारहरुलाई कतिपय रोजगारदाता कम्पनीले हाल उनीहरु बसिरहेको आवास खाली गरी सप्लाई कम्पनीको आवासमा जान बाध्य पार्ने र सप्लाई कम्पनीको आवासमा भने प्रबेश नदिने गरेको गुनासो साउदीस्थित नेपाली दूताबासले जनाएको छ ।

     

    अहिलेको संकटको घडिमा आफू बसिरहेको आवासबाहेक अन्यत्र कहिं कतै सजिलै बस्न नपाइने र संक्रमणको जोखिम झनै बढ्ने भन्दै कुनैपनि बहानामा आवास बाहिर निकाल्न खोजिएमा सो स्वीकार नगर्न र आवास नछोड्न सम्बन्धित सबैमा अनुरोध गरेको दूतावासले जनाएको छ ।

     

    कसैलाई पनि जबरजस्ती आवासबाट बाहिर निकाल्न खोजे टेलिफोन नम्वरमा आफ्नो विवरणसहित नजिकको प्रहरी कार्यालय वा मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयको सेवाग्राही नंवर १९९११ वा नेपाली दूतावास रियाद वा जेद्दास्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । यस अघि पनि नेपाली श्रमिकहरुलाई आफू कार्यरत कम्पनीको कार्यवातावरण असुरक्षित भएको, कम्पनीले घरजाने फारम भराएको, खान नदिएको वा वास नदिएको लगायतका समस्याहरु आउने गरेको दूताबासले जनाएको थियो ।

     

    यता, आइ सि सि सदस्य नारायण पासवान दिएको जानकारी अनुसार अहिलेसम्म साउदी अरबमा नेपाली कामदारहरुलाई खान बस्नको कुनै पनि समस्या नभएको र अबैधानिक नेपालीहरुलाई भने सप्लाई कम्पनीहरुले काम बन्द गरेको कारण समस्या आएको बताए । सप्लाई कम्पनीमा काम गर्ने नेपाली कामदार बढी समस्यामा परेको भन्दै दूताबास संग सहकार्य गरेर समस्या समाधानको लागि पहल गर्ने कोरोना प्रभावित उद्धार तथा सहयोग समितिका प्रबक्ता राजेन्द्र अर्यालले बताए ।

     

    साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९ हजार ३६३ जना पुगेको छ भने हालसम्म साउदीमा ९७ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १ हजार ३९८ जना निको भएर घर फर्किएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…