•  

    काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले आइतबार रोल्पासहितका जिल्लाका मजदुरहरूलाई मात्रै बसको व्यवस्था गरेर उद्धार गरेपछि आलोचना भएको छ ।

    मन्त्री पुनले आइतबार साँझ भक्तपुर र ललितपुरमा अलपत्र परेका कामदारका परिवारलाई बसको व्यवस्था गरेर घर पठाएका थिए । मन्त्री पुनले समस्यामा परेका मजदुर र उनीहरूको परिवारकालाई उद्धार गरेको विषयमा भन्दा पनि उनीहरू जस्तै समस्यामा परेका अरुको किन उद्धार भएन भनेर प्रश्न उठेको छ ।

    यसरी प्रश्न उठाउनेमा अरु कोही छैनन् । मन्त्री पुनकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू छन् । पूर्वसांसद बालकृष्ण ढुंगेल, प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्री, केन्द्रीय सदस्य विष्णु रिजाललगायतका छन् ।

    नेकपाका युवा नेता रिजालले भनेका छन्, ‘मन्त्रीहरूले नै निकै ‘मिहिनेत गरेर’ आफ्ना मतदातालाई बस चढाएर घर पठाएको खबरसँगै प्रश्न उब्जिएको छ– मन्त्री नभएका क्षेत्रका जनता त्यसरी नै घर जान पाउने कि नपाउने ?’

    ‘मन्त्रीले त तीन करोड जनताका लागि नीति बनाउने होला न कि २–३ सयका लागि बसको ब्यवस्था गरेर आफूलाई अलग देखाउने ?’, नेकपाका नेता रिजालले प्रश्न गरेका छन्, ‘दोहोरो मापदण्ड नहोस्, पहुँच हुने र नहुने गरी मन्त्रीबाटै नागरिकहरूमाथि भेदभाव नहोस् ।’

    प्रतिनिधि सभाकी सांसद एवम् नेकपाकी युवा नेतृ झाँक्रीले पनि रिजालको यही भनाइलाई आफ्नो फेसबुकमा सेयर गरेकी छिन् ।

    नेकपाका नेता एवम् पूर्वसांसद ढुंगेललाई पनि मन्त्री पुनको कार्यशैली चित्त बुझेको छैन । ‘मन्त्री ज्यूहरूको राम्रो कामको थालनी, अब तु मन्त्रिमण्डल बिस्तार गरि हरेक जिल्लालाई मन्त्री दिलाउ’, भनेर नेता ढुंगेलले ब्याङ्ग्य गरेका छन् ।

    लकडाउनका कारण समस्यामा परेका जनतालाई खानपान र व्यवस्थापनको कुरा चर्को रुपमा उठ्दा चुपचाप ललितपुरको पुल्चोकमा रहेको मन्त्री क्वाटरमा हाई काडेर बसेका मन्त्री पुनलाई अचानक आइतबार साँझ जनताले दुःख पाएको समाचार पहिलो पटक देखेछन् भनेर आलोचना भएको छ । त्यति मात्रै होइन कतिपयले मन्त्री पुनले ‘मरेको बाघको जुँगा उखे’ले भनेर आलोचना समेत गरेका छन् ।

    त्यति मात्रै होइन मन्त्री पुनले आफूले रोल्पा, दाङ र सल्यानका जनतालाई उद्धार आफै झरीमा भिजेर उद्धार गरेको समाचार पनि लेखाउन भ्याएका छन् । मन्त्रीका लागि यी मात्रै जनता हुन् भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

    मन्त्री पुनले ती सर्वसाधारणलाई बसमा राखेर घर पठाएर आफैले गरेको निर्णय उल्लंघन गरेका छन् । लकडाउनका बेला जो नागरिक जाहाँ छ त्यही बस्नुपर्ने भनेर मन्त्रिपरषदले निर्णय गरेको छ । आफैले गरेको निर्णयलाई उल्लंघन गरेर मन्त्री पुनले बसको व्यवस्था गरेर घर पठाएका छन् ।

    मन्त्री पुनले समस्यमा परेका ती मजदुरहरूलाई जहाँ भेटेका थिए त्यहीँ खानपान र बासको व्यवस्था गरेर राख्नुपर्ने थियो । तर, उनले त्यसो गरेनन् । सस्तो लोकप्रियताका लागि मन्त्री जस्तो व्यक्तिले आफैले गरेको निर्णय उल्लंघन गरे ।

    प्रधानमन्त्री खड्गप्रसाद ओलीले नै लकडाउनका कारण समस्यामा परेका जनतालाई जहाँ बसेका छन् त्यहीँ उचित व्यवस्था गर्ने वा बैकल्पिक व्यवस्था गर्ने भनेर पटक–पटक निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री ओलीले नै जनताको जिम्मेवारी लिएका बेला मन्त्री पुनले भोटको राजनीति गरेको भन्दै आलोचना पनि भएको छ ।

    मन्त्री पुनले ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको मन्त्री पुनले जानकारी दिएको उनको निजी सचिवालयद्वारा समाचार र तस्वीरमा उल्लेख छ । मन्त्री पुनले ९ वटा बसेको खर्च आफूले व्यक्तिगत रुपमा दिएका छन् वा सरकारले व्यहोरेको छ केही भनिएको छैन ।vio:Republica Dainik

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …