•                                                                                          मिति २०७७ बैसाख ८

     

    प्रिय बिध्यार्थी, कक्षा कोठामा तिम्रो र मेरो प्रत्यक्ष सम्पर्क २०७६ चैत्र ११ गते देखी हुन पाएको छैन। नेपालका विभिन्न शिक्षाबिद तथा विभिन्न निजि बिद्यालय तथा क्याम्पसहरुले कृतिम कक्षा ,दुर शिक्षा कक्षा , टेलिभिजन तथा रेडियोबाट आफ्ना बिद्यार्थी हरुलाइ कक्षा लिइरहेको कुरा सामाजिक संजाल बाट थाहा पाएर तिमि सङ सम्पर्क गर्ने प्रयास गरे ! तर तिमि सङ सम्पर्क हुन नसक्दा मेरो प्रयास अधुरो भयो !

     

    मलाई थाहा छ,आर्थिक बिपन्नताले तिम्रो सम्पुर्ण परिवार तिम्रो अध्ययन र परिवारको भोको पेट पाल्न साथै आर्थिक जोहो गर्नका लागीक कालापहाड जानु भएको छ ! वहाहरु सरकारले गरेको " बन्दाबन्दी " ले उतै रोकिनु भयो , तिम्रो गाउँघरमा बिजुली नपुगेको हुदा सुचना प्रबधीको पहुच हुने त कुरै भएन !

     

    तिमिले एक दिन भनेकै थियौ रेडियो सुन्न र नेपाल टेलिकम र र एनसेल बाट फोन सम्पर्क गर्न घर देखी आधा घन्टा माथिको डाडामा पुग्नु पर्छ भन्ने तिम्रो बाध्यता थाहा हुदाहुदै सुबिधा सम्पन्न स्थानमा बसेर शिक्षण बिधिका कुरा गर्नेको पछि लाग्ने म पनि एक पात्र बने ! त्यसैले तिमी सङ सम्पर्क गर्ने अन्तिम विकल्पको रुपमा यो पत्र कोरिरहेको छु । लाग्छ यो पत्र तिमि सम्म पुग्दा देशको स्थिती सामान्य भैसक्ने छ होला !

     

    जे जस्तो भए पनि यो देशको भबिश्यको कर्णधार तिमि जस्तै बिपन्न र दुर्गम क्षेत्रमा जन्मिएकाको हातमा छ किन कि सुबिधा सम्पन्न शहर बजारका उत्पादिन जनशक्ति युरोपेली तथा अमेरिकी मुलुकका रोजगार बन्न पुन पक्कै जाने नै छन ।त्यसैले तिम्रो आफ्नो तथा देशको उज्ज्वल भबिश्यका लागि कक्षा सन्चालन हुँदा शिक्षकहरुले अध्ययनका लागी गर्नु भएको अभिमुखिकरण नै स्वयं पुनर्ताजगीका लागी दिनहुँ साझ बिहान २/२ घन्टा अनिवार्य रुपमा पढ्दै गर्नु र अलमलमा परेका कुराहरू टिपोट गर्दै राख्नु। यो नै तिम्रो अध्ययन र मेरो शिक्षण बिधिको अन्तिम विकल्प हो ।

     

    स्थिती सामान्य भए पछि ती कुराहरुमा पुन छलफल गरौला । आफ्नो पारिवारिक स्थितिका कारण घरको मुलिको रुपमा रहनु भएको आमालाई हरेक कुरामा सघाउनु। भाइ र बहिनी लगाएत भतिजा भतिजिलाइ पनि अध्ययनका लागि आफै सङै राखी अभिमुखिकरण गर्दै जानु। किताबी ज्ञानलाइ प्रमाणपत्रमा ठुला ठुला आकर्सक अंकले भर्ने मात्र नभई दैनिक जिबनमा भैपरी आउने आफै नगरी नहुने कुराहरु ब्यबहारिक ज्ञान सिक्ने अत्याधिक कार्य गर्नु ।

     

    भाइ बहिनी लगाएत परिवारमा घर आगन कोठा सरसफाइमा ध्यान दिनु। आफुले खाएको खाना पछि का भाडाकुडा तथा लगाएका कपडा धुन सिक्नु। उध्रेका कपडा सिलाउन र टाँक लगाउन सिक्नु। आफ्नो कपड़ा र जुत्ता मोजा लगाइ जुत्ताको तुना बाध्न सिक्नु। तरकारी काट्न र खाना बनाउन सिक्नु । करेशाबारी निर्माण गर्न सिक्नु। सामाजिक सस्कार तथा नैतिक शिक्षामा ध्यान दिनु। आफू भन्दा ठुलालाई माया र सानालाइ माया गर्न सिकाउने। अभ्यासले मानिसलाई पुर्णता दिन्छ भन्ने भाबनाको बिकास गर्नु । नेपाल कृषी प्रधान देश भएको हुँदा हालको कोरोना संक्रमणको अबस्था सामान्य भएपनि नेपालमा पक्कै खाध्य संकटको समस्या आउने नै भएको हुँदा आफ्नो अधिनमा रहेको खेतबारिमा आफुले जाने बुझे सम्म आधुनिक प्रबिधिबाट खेती गर्न अग्रसर हुनु र आफ्ना परिवारका सदस्य लगाएत छिमेकीलाई प्रेरित गर्नु ।कुनै कठिनाइ भएमा पत्र मार्फत जानकारी गराउनु म समस्या समाधानमा मद्दत गर्ने नै छु। उहीँ तिमिलाइ माया गर्ने शिक्षक अनन्त राज पन्त (कर्णाली ) भैरब मा. बि. चिङ्गाड ५ अवलचिङ ,सुर्खेत

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…