• कार्कीको अर्को राम्रो काम
    जनताको घरमा सामाजिक सुरक्षा भत्ता

    झापा
    शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेका छन् । लकडाउनका बेला सामाजिक सुरक्षा भत्ता पाउन योग्य वडा बासीलाई ६ नम्बर वडाका अध्यक्ष मनोज खुलाल कार्कीले घरैमा पुगेर हात हातमा सामाजिक सुरक्षा भत्ता थमाए ।

     

    नोकरीमा रहेका छोरा छोरीले घर खर्च पठाउन लकडाउनका कारण असहज बनिरहेका बेला बृद्धबृद्धाले राहत महसुस गरेका छन् । छोराले घर खर्च पठाउन बन्दाबन्दिले नपाएको भनेर खबर गर्यो । वडा अध्यक्ष लगायतको टोलीले घरैमा आएर भत्ता दिएपछी परिवारको आर्थिक समस्या तत्काललाई समाधन भएको बताए ७९ वर्षीय वृद्ध केदार आचार्यले । उनले १२ हजार रुपैयाँ थापेको बताए । ‘यति भए जसोतसो परिवारका गर्जो टर्दै गर्छ । सहज भएपछी त छोराले पैसा पठाइहाल्छ नी,’ उनले भने ।

     

    फुलमाया राई एकल महिला हुन । उनले पनि ८ हजार पाइन् । उनि ज्याला मजदुरी गर्ने महिला हुन् । बन्दा बन्दीले घरको रासन सकिएको थियो । भत्ता आएपछि दिउँला भनेर उधारो खरिद गरेको चामल लगायतका खाद्यन्नको बाँकी तिर्ने उनले योजना बनाएकी छन् । उनले शिवसताक्षी नगरपालिकाबाट राहत पनि पाएकी थिइन् । सात दिनका लागि दिएको खाद्यन्नले उनले १० दिन पुर्याएकी थिइन । घरमा खाद्यन्न सकिएपछि स्थानीय तहको दोश्रो चरणको राहत वितरणको मेलोमेसो नबुझेकी उनले पसलबाट खाद्यन्न उधारो ल्याएर खादै थिइन ।

     

    हुकनाथ सतार उमेरले ७६ पुगे । उनका घरमा अन्न छैन । सरकारले दिएको सामाजिक सुरक्षा भत्ताले परिवारको गुजारा चलाउने गरेको उनले बताए । छोरा बुहारी पनि दैनिक मजदुरी गर्छन् । बन्दा बन्दीका कारण काम नहुँदा उनको परिवारमा आम्दानी मरेको थियो । सुरक्षा भक्ता पाएपछि खुसी हँुदै उनले भने सरकार हुँदा दुखी हुनु नपर्ने रहेछ ।

     

    यसअघि सामाजिक सुरक्षा भत्ता सर्वसाधरणले बैंकमा गएर घण्टौ लाइनमा बसेपछि मात्र पाउने गरेका थिए । वडा अध्यक्ष खुलालले घरैमा भत्ता ल्याईदिएपछि खुसी हुदै पुन्यप्रसाद घिमिरेले भने, ‘बुढेसकालमा धेरै दुख थियो भत्ता दिन आज त हामी बुढा बुढीकै भत्ता घरैमा वडा अध्यक्षले ल्याइदिनु भयो ।’

     

    सामाजिक सुरक्षा भत्ता सरकारको नियम अनुसार सर्वसाधरणकै नामको खातामा बैंकमा जम्मा गरिएको थियो । लकडाउनमा दुख नहोस भनेर राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी, प्रहरी र अन्य जनप्रतिनिधि घरैमा पुगेर भत्ता वितरण गरेका हुन् ।
    वडा नम्बर ६ मा ४८८ जनाले सामाजिक सुरक्षा भत्ता पाउने छन् । वडा अध्यक्ष कार्कीका अनुसार सकेसम्म सबैको घरैमा पुगेर भत्ता प्रदान हुने छ । शिवसताक्षी नगरमा मंसिर यता फागुन सम्मको चौमासिक सामाजिक सुरक्षा भत्ता घरैमा पुर्याएर वितरण गर्ने वडा नम्बर ६ पहिलो हो । आफ्नो कार्यकालभरी वडाका बृद्धबृद्धा, अपाङ्ग र दलितले पाउने सामाजिक सुरक्षाभत्ता घरैमा पुर्याएर वितरण वडा अध्यक्ष कार्कीले बताएका छन ।

    अन्य वडामा पनि सामाजिक सुरक्षा भत्ता वितरणको तयारी भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
    सामाजिक सुरक्षा भत्ता वितरणमा वडा अध्यक्ष कार्कीलाई वडा सदस्य बद्री खनाल, नरमाया परियार, उषादेवी खड्का, लक्ष्मी गुरागाईं, नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी नगरका सभापति नारायण दाहाल, राष्ट्रिय वाणिज्य बैंक शिवगञ्जका प्रमुख खगेन्द्र कन्दङ्वा, वडा सचिव नवराज घिमिरे र प्रहरी सहायक निरीक्षक सुनिल चौधरी लगायतको टोलीले सघाएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…