•  

    आजको पञ्चाङ्ग

    वि.सं. वैशाख ०९, २०७७ । ई.सं. 21 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० चौलागा । प्रमादी उत्तरायण वसन्त । मंगलवार वैशाख कृष्णपक्ष । तिथि चतुर्दशी, २९:४१ बजे उप्रान्त औंसी । नक्षत्र उत्तरभाद्रपदा, १०:५२ बजे उप्रान्त रेवती । योग वैधृति , २१:५८ बजे उप्रान्त विष्कम्भ । करण भद्रा १६:३९ बजेदेखि शकुनि, २९:४१ बजे उप्रान्त नाग । चन्द्रराशि मीन । आनन्दादि योग सिद्धि । दिनमान ३२।२० । सूर्योदय ०५:३५ । सूर्यास्त १८:३१ । पञ्चक । मातातिचह्रे पूजा ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । सामाजिक कार्य अघी बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वादिष्ट खानापिन खान पाईएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाटको अवसर मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्यप्रति सजक रहन आवस्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधापनि उत्पन्न रहला ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवार संग समय व्यतीत हुनेछ । मनोरञ्जनमा पूर्वक दिन बित्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाईसंग समय बित्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने aआधुरै रहला ।

    - ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…