• प्रिय, मलाई तपाईले ‘अश्लिल शब्द भन्नुभयो तर म मेरो इच्छाले अश्लिल शब्द भएको होइन । म पनि मलाई बलात्कार गर्नेलाई सजाय होस् भन्ने चाहन्थें । तर के गर्ने कसैलाई भन्ने आँट नै आएन भनौं भने मेरो घर परिवारको इज्जत जान्छ भन्ने सोचेर म आफैं एकदिन मेरै हातबाट मार्छु भन्ने सोचेर मैले यो कुरा न त साथीलाई भने न त परिवारलाई नै । तर अझै पनि मेरो परिवारलाई थाहा छैन मलाई यस्तो भएको थियो भनेर । जुन दिन मेरो बलात्कार भयो त्यो दिनबाट म एकदम लाचार र पागल जस्ती भएँ । त्यसपछि जब तपाईसँग भेट भयो त्यही दिनबाट म पहिलाको भन्दा बेग्लै भएँ ।

     

    सायद मलाई नै थाहा थिएन कि त्यसपछि तपाईले मलाई धोका दिनु हुन्छ भनेर त सोचेको पनि थिइन । मैले भनेको नै थिएँ । केटा मान्छे स्वार्थका लागि मात्र मायाको नाटक गर्छन् भनेर तर तपाईलाई त्यो कुरा सुन्दा रिस उठ्थ्यो । त्यसैले मैले पनि विश्वास गरें तपाई अरु केटा जस्तो हुनुहुन्न । तपाईलाई पनि थाहा थियो त सुरुमै ‘।। ९बलात्कारीको नाम लिँदै०ले मलाई रेप गरेको भनेर मैले न सोचेको थिए । एक दिन अवश्य म मेरो बद्ला तिरेर नै मर्छु भनेर सोचेको थिएँ । तर सोचे जस्तो खोजे जस्तो नहुँदो रहेछ जीवन ।

     

    मैले माया तपाईलाई गरेको थिएँ । म पनि चाहन्थें सँधै तपाईको भएर सँगै बाँच्ने । तपाईले भन्नुहुन्थ्यो नि फिल्म लाइन होइन जीन्दगी म चाहन्थे फिल्मको हिरोले हिरोनीलाई रिसाएको बेला फकाएको जस्तै म रिसाएको बेला सँधै तपाईले फकाउनु । अनि म तपाईसँग किन झगडा गर्थें थाहा छ रु तपाईले गाली गरेको एकदमै सुन्न मन पथ्र्यो, जब तपाईले गाली गर्न थाल्नुहुन्छ तब मन एकतर्फी भएर तपाईले गाली गरेको सुनिरहन्थें । सँधै यसरी नै गाली गरेको सुनिरहन पाउँ भन्थें, तर मेरो भाग्यमा नै तपाईको नाम लेखेको रहेनछ ।

    https://www.youtube.com/watch?v=oJDcsPC3aJI

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…