•  

     


    आजको पञ्चाङ्ग
    वि.सं. वैशाख १०, २०७७ । ई.सं. 22 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० चौलागा । प्रमादी उत्तरायण वसन्त । बुधवार वैशाख कृष्णपक्ष । तिथि चतुर्दशी, ५:४१ बजे उप्रान्त औंसी । नक्षत्र रेवती, १३:२९ बजे उप्रान्त अश्विनी । योग विष्कम्भ, २२:३३ बजे उप्रान्त प्रीति । करण शकुनि ०५:४१ बजेदेखि चतुष्पद, १८:४२ बजे उप्रान्त वव । चन्द्रराशि मीन । आनन्दादि योग उत्पात । दिनमान ३२।२४ । सूर्योदय ०५:३४ । सूर्यास्त १८:३२ । दर्शश्राद्ध । पञ्चक १३:२९ बजे समाप्ति । निशि बार्ने औंसी ।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवाको योगपनि छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरमा सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको योजनापनि बन्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्तापनि बढ्ला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगार पाईनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । भाग्योदय अग्रसर हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य प्रति सजक रहनु पर्छ । साँझमा धन खर्च हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मित्र वा आफन्तको सहयोग मिल्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मनोरञ्जन तरिकले दिन बित्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यम भने समस्या आउने देखिन्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धिपनि हुन सक्छ ।

    – ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…