• काठमाडौं । हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम विहिबारसम्म जारी रहने छ ।   नेपालमा अहिले मौसममा देखिएको परितर्वन र पानी तथा असिना पर्नु जस्ता घटनाले प्रि-मनसुन सक्रिय हुन लागेको सङ्केत गर्छन् । आज दिउँसो र राति आंशिकदेखि सामान्य बदली रही केही स्थानमा स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ । यो गहुँ र आलुजस्ता बाली भित्र्याउने बेला भएकोले हावाहुरी र चट्याङबाट जोगिन विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    यस्तो छ तीन दिनको पूर्वानुमान :-

    बैशाख १० गते (बुधबार)

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका एक-दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

    बैशाख ११ गते (बिहिबार)

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका केहि स्थानहरुमा र मध्य र पूर्वी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

    बैशाख १२ गते (शुक्रबार)

    दिउँसोः देशका मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । मध्य र पूर्वी भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना र सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ । रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…