• बैशाख १०, इटहरा
    मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ९ र १० का ६ सय ९९ विपन्न परिवारले राहत पाएका छन् ।

     

    सोमबार वितरण गरिएको राहतमा वडा नम्बर ९ मा ३ सय ५१ र वडा नम्बर १० मा ३ सय ४८ परिवारले राहत पाएका हुन् ।
    वडा नम्बर ९ मा राहतका लागि सूचिकृत भएका ३ सय ६४ मध्ये ३ सय ५१ घरधुरीले राहत बुझेको वडा अध्यक्ष इन्द्रबहादुर चोङवाङले जानकारी दिनुभयो । राहत बुझ्न नआएका परिवारको राहत सामाग्री नगरपालिकामै फर्किएको वडा अध्यक्ष चोङवाङले बताउनुभयो ।
    आफूहरुले बनाएको योजना अनुसार व्यवस्थितरुपमा राहत वितरण भएको उहाँको भनाई छ । धेरै समय लगाएर छनोट गरिएका यतीका घरपरिवारलाई राहत वितरण गर्दा पनि सबैको चित्त बुझाउन नसकिएको भन्दै उहाँले दुखेसो समेत व्यक्त गर्नुभयो । वडा अध्यक्ष चोङवाङले भन्नुभयो, “हाम्रो नाम छुट्यो भन्दै अझै आइरहनु भएको छ, राहत बाड्ने काम साह्रै गाह्रौ रहेछ ।”

     



    त्यसैगरी वडा नम्बर १० मा सूचिकृत भएका ३ सय ७९ मध्ये ३ सय ४८ घरपरिवारले राहत सामाग्री बुझेको वडाअध्यक्ष टंक ढकालले जानकारी दिनुभयो । राहत नलिएका ३१ परिवारमध्ये १२ परिवारले राहत सूचिबाट आफ्नो नाम फिर्ता लिइसकेको उहाँले बताउनुभयो । राहत लिन छुटेका बाँकी १९ परिवारका बिषयमा नगरपालिकाको संयन्त्रसँगको समन्वयमा निर्णय गरिने वडा अध्यक्ष ढकालको भनाई छ ।
    राहत सूचिमा नाम नभएका अरु परिवारले पनि राहतको माग गरिरहेको र उनीहरुको नाम टिप्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यस्ता घरपरिवारलाई राहत दिन उपायको खोजी आफूहरुले गरिरहेको वडा अध्यक्ष ढकालले बताउनुभयो ।

     

    राहत सामाग्रीको प्याकेजमा प्रति परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर खाने तेल र एउटा साबुन वितरण गरिएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …