• विराटनगर । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले आज मोरङ, सुनसरी र झापाका पत्रकारहरु सेनिटाइजर र मास्क बितरण गरेको छ ।

    कोरोनाको जोखिमको बेला फिल्डमा सक्रिय पत्रकारहरुको सुरक्षाको लागि मास्क र सेनिटाइजर वितरण गरिएको हो ।

     


    सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाई, पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सन्तोष राईलाई र उर्लाबारीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सरोज बस्नेतलाई सम्बन्धित ठाउँमा प्रदेश पत्रकार महासंघको तर्फबाट प्रदान गरिएको हो । महासंघको तर्फबाट पत्रकार रबिन भट्टराईले ती सामान हस्तान्तरण गरे ।



    यसैगरी झापाको दमकका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क तथा झापाका अन्य स्थानका सञ्चारकर्मीलाई वितरण गर्न १२० सेनिटाईजर र २ सय मास्क पत्रकार महासघ जिल्ला शाखा झापामार्फत प्रदान गरिएको महासंघकाप्रदेश अध्यक्ष बिक्रम लुइँटेलले बताए। पत्रकार महासंघ प्रदेश समितिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ती सामग्री उपलब्ध गराएको हो।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…