• आजको पञ्चाङ्ग

    वि.सं. वैशाख ११, २०७७ । ई.सं. 23 April, 2020 । शक संवत् १९४२ । नेपाल संवत् ११४० चौलागा । प्रमादी उत्तरायण । वसन्त बिहीवार । वैशाख कृष्णपक्ष । तिथि औंसी, ०७:४० बजे उप्रान्त प्रतिपदा । नक्षत्र अश्विनी, १५:५७ बजे उप्रान्त भरणी । योग प्रीति, २३:०० बजे उप्रान्त आयुष्मान्। करण नाग ०७:४० बजेदेखि किंस्तुघ्न, २०:३४ बजे उप्रान्त कौलव । चन्द्रराशि मेष । आनन्दादि योग मानस । दिनमान ३२।२८ । सूर्योदय ०५:३३ । सूर्यास्त । १८:३३ । स्नान–दान गर्ने र हलो बार्ने औंसी। मातातीर्थ औंसी। मातातीर्थमा स्नान। चाँगुनारायण, छिन्नमस्ता, कीलेश्वर मूल रथयात्रा। लोकतन्त्र दिवस।

    राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जागिर र कर्म प्रति चिन्तन बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्य प्रति सजक रहना जरूरी छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ । मंगल कार्यको योजना बन्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । नयाँ भौतिक साधनको योजना बन्ला । पारिवारिक रमाइलो समेत हुन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तानबाट सुख मिल्ला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रचनात्मक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…