• काठमाडौं । देशभरको मौसम बिहीबार पनि आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको हो । अहिले देशका पहाडी भू–भागमा सामान्य र तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको भएको छ ।

    बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्। देशका पहाडी भू–भागका धेरै स्थानमा तथा मध्य र पश्चिम तराईका थोरै स्थानमा अपराहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी राति पनि देशभर आंशि देखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एक–दुई स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …