• दमक / झापाका युवा तथा मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौड्यालले काठमाडौमा रहेका झापालीहरुलाई घर फर्किने व्यवस्था मिलाइदीन सरकार संग आग्रह गरेका छन् । लामो लक डाउनका कारण काठमाडौमा बस्न अत्यन्तै असुविधा भएकाहरूलाई घर पठाइदिन आग्रह गर्दै पौडेलले सरकारको ध्यानाकर्षण गराएका हुन् । सामाजिक संजाल फेसबुकमा अध्यक्ष पौड्याल लेख्छन्, ‘झापा बाट निर्वाचित भएका व्यक्ति हाल देशको प्रधानमन्त्री हुनुहुन्छ । त्यही प्रदेशवाट निर्वाचित व्यक्ति १ न. प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुनुहुन्छ । त्यस क्षेत्रका धेरै मान्छेहरु वर्तमान सरकारको ठुल्ठला जिम्मेवारीमा हुनुहुन्छ।’

     

     

    घर फर्किने वातावरण मिलाइदिन आग्रह गर्दै हरेक दिन धेरै संख्या आफुलाइ फोन कल आउने गरेको बताएका छन् । स्थानीय तहका प्रमुखहरु संग समेत आफुले बारम्बार फोन मार्फत सहजीकरण प्रयास गरेको भन्दै उनले कोरोना त्रास भन्दा ठूलो समस्या झेल्न बाध्य नागरिकहरुको पीडा नसुनेकोमा सरकारको कडा शब्दमा आलोचना समेत गरेका छन् । स्थानीय निकाय संग गरिएको परामर्श बाट कुनै ठोस निर्णय हुन नसकेको प्रती उनले स्थानीय तहलाई गम्भीर हुन समेत अपिल गरे।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…